|

धनकुटा : धनकुटाको तल्लो टुँडिखेलमा शहीद रामकृष्ण श्रेष्ठ स्मृति अन्तरपालिकास्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।

यही माघ २३ देखि २६ गतेसम्म तेस्रो संस्करणको प्रतियोगिता हुने आयोजक शहीद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानले मंगलबार धनकुटामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो।

हरेक वर्ष हुँदै आएको प्रतियोगिता गएका केही वर्ष कोरोनाका कारण हुन सकेको थिएन। प्रतियोगिताको विजेताले ६० हजार रूपैयाँ, ट्रफी र मेडल प्राप्त गर्नेछन् भने उपविजेताले दोस्रो हुनेले ३० हजार रूपैयाँ, ट्रफी र मेडल प्राप्त गर्ने आयोजकका अध्यक्ष ईश्वरबहादुर श्रेष्ठले बताए।

गत संस्करणमा विजेताले ५० हजार र उपविजेताले २५ हजार पाएका थिए। प्रतियोगितामा धनकुटा जिल्लाका ७ वटा पालिकाको सहभागिता हुने आयोजकले जनाएको छ।

प्रतियोगिताका लागि विभिन्न निकायबाट सहयोग र प्रायोजकबाट ५ लाख ४० हजार संकलन हुने र ३ लाख ८७ हजार खर्च हुने आयोजकको अनुमान छ। बचेको रकम गत संस्करणको ऋण तिर्ने आयोजकको भनाइ छ।

पहिलो संस्करणमा प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता गरेको आयोजकले दोस्रो संस्करणदेखि खर्च धान्न नसकेको भन्दै जिल्लामा रहेका पालिकास्तरीय प्रतियोगिता गर्न थालेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.