|

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद रिक्त रहेको सदनलाई जानकारी गराइएको छ। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले सर्वोच्च अदालतको फैसलासँगै  लामिछानेको सांसद पद रिक्त रहेको सदनमा जानकारी गराएका हुन्। 

सर्वोच्च अदालतको संवैधानिक इजलासले गत माघ १३ गते लामिछानेको सांसद पद खारेज हुने फैसला  गरेको थियो। 

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासले शुक्रबार यस्तो फैसला गरेको हो। 

लामिछानेले अमेरिकी नागरिकता त्यागेपनि कानुनबमोजिम निष्कृय भएको पुरानै नागरिकता प्रयोग गरी पार्टी खोलेको र चुनाव लडेको भन्दै सांसद पद खारेजीको माग गरी अधिवक्ता रविराज बसौला, युवराज पौडेलले रिट दायर गरेका थिए। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.