|

काठमाडौं : ओखलढुङ्गाको मानेभञ्ज्याङमा फोर्स गाडी दुर्घटना हुँदा चालकसहित ७ जना घाइते भएका छन्।

ओखलढुंगाबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०१– ००७  ज ००१५ नम्बरको फोर्स गाडी हिलेपानीमा दुर्घटना हुँदा चालक सहित ७ जना घाइते भएका हुन्।

घाइतेमध्ये फोर्स गाडीका चालक ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-३ का २४ वर्षीय खगेन्द्र कुमार घिमिरे, फोर्समा सवार सोही गाउँपालिका-१ की ४५ वर्षीया मैना कुमारी खड्का र झापाको गौरादह नगरपालिका-४ का ४४ वर्षीय रेवती प्रसाद धमलाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।

घाइतेहरुको  उदयपुरस्थित आस्था अस्पताल घुर्मीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.