|

काठमाडौं : नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले उपप्रधान एवं ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्र लिङ्देनसँग भेट गरेका छन्। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच आपसी सहयोग र चासोका विविध विषयमा छलफल भएको थियो।

भेटका क्रममा उपप्रधानमन्त्री लिङ्देनले ऊर्जाको विकाश, प्रशारण र व्यापार आफ्नो प्राथमीकता रहेको उल्लेख गर्दै ऊर्जाको ट्रान्समिसन लाईन विस्तारमा अमेरिकी सरकारको सहोग रहने विश्वास व्यक्त गरे।

उपप्रधानमन्त्री लिङ्देनले भ्रष्टाचार शून्यको सिद्धान्तमा आफूले काम गर्न चाहेको बताउदै नेपालको आर्थिक तथा सामाजिक विकासमा अमेरीकोको महत्वपूर्ण योगदान रहेको चर्चा गरे।

विगत लामोदेखि अमेरिकाले नेपालको विभिन्ने क्षेत्रमा सहयोग गर्दै आएको प्रसंग उल्लेख गर्दै राजदूत थोम्पासोनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

पूर्वाधार, विकासको मेरुदण्ड भएकोले सरकारको प्राथमीकता पनि पूर्वाधार विकासमै रहेकोले त्यसमा सहकार्य गर्न आफूहरु इच्छुक रहेको उपप्रधानमन्त्री लिङ्देनले बताए।

केही सरकारी नीति नियमको कारण विदेशी लगानीमा समस्या आएको देखिए पनि त्यसलाई समय सापेक्ष बनाउँदै लगिने उनको भनाइ थियो।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.