|

काठमाडौँ : भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आज संसद्‌मा बजेट प्रस्तुत गरेकी छन्।

सन् २०२३।०२४ को कुल बजेट ४ निल ५० खर्ब ३० अर्ब ९७ करोड (४‚५०‚३०‚९७‚००‚००‚०००) रुपैयाँ विनियोजन गरिएको छ। यसमध्ये कुल पुँजीगत व्यय १ निल ९ अर्ब ६१ करोड (१‚००‚०९‚६१‚००‚००‚०००) छ। यो गत वर्षको भन्दा पुँजीगत व्ययमा ३७.४ प्रतिशतले वृद्धि भएको हो।

बजेटमा भारतीय अर्थव्यवस्था विगतको भन्दा सुदृढ भएको बताइएको छ। वार्षिक प्रतिव्यक्ति आय १ लाख ९७ हजार रुपैयाँ पुगेको जानकारी दिइएको छ।

के के सस्तो भए

एलईडी टिभी‚ मोबाइल फोन‚ खेलौना‚ विद्युतीय वाहन‚ हीराका गहना‚ बायोग्याँस सम्बद्ध चिज‚ लिथियम ब्याट्री‚ साइकिल ।

महँगो भएका चिज

सिगरेट‚ पित्तल‚ छाता‚ सुन‚ आयातित चाँदीका सामान‚ प्लेटिनम‚ कपडा‚ विदेशी खेलौना।

आयकर व्यवस्था

३ लाख रुपैयाँसम्म ० प्रतिशत‚ ३ लाखदेखि ६ लाख रुपैयाँसम्म ५ प्रतिशत, ६ लाखदेखि ९ लाख रुपैयाँसम्म १० प्रतिशत‚ १ लाखदेखि १२ लाख रुपैयाँसम्म १५ प्रतिशत र १२ लाखदेखि १५ लाख रुपैयाँसम्म २० प्रतिशत‚ १५ लाखभन्दा माथि ३० प्रतिशत कर लाग्ने भएको छ।

रक्षा बजेटमा वृद्धि

भारत सरकारले रक्षा बजेटमा बढाएको छ। यो वर्ष भारतको रक्षा बजेट ५९ खर्ब ४० अर्ब रुपैयाँ छ। तीमध्ये सेना, नौसेना र वायु सेनामा २७ खर्ब रुपैयाँ खर्च हुनेछ। हतियार खरिदका लागि १६ खर्ब २० अर्ब रुपैयाँ विनियोजन गरिएको छ। गत वर्ष यो लगभग ५२ खर्ब ५० अर्ब रुपैयाँ थियो।

भारतका प्रतिस्पर्धी चीनको अघिल्लो रक्षा बजेट करिब १ निल ९० खर्ब थियो भने पाकिस्तानको रक्षा बजेट करिब ६ खर्ब १० अर्ब थियो।

यसअघि बंगलादेशको रक्षा बजेट ३ खर्ब १० अर्ब रुपैयाँ थियो। श्रीलंकाको ९० अर्ब रुपैयाँ र नेपालको ३५ अर्ब ७९ लाख रुपैयाँ थियो।

बजेटका अन्य विशेषता

भारतीय रेलवेलाई २४ खर्ब रुपैयाँ विनियोजन।

अन्त्योदय योजनाअन्तर्गत गरिबलाई निःशुल्क खाद्यान्न उपलब्ध गराउने समय एक वर्ष थपिएको छ।

शहरी पूर्वाधार विकासका लागि प्रत्येक वर्ष १ खर्ब रुपैयाँ विनियोजन।

पीएम आवास योजनामा ​​६६ प्रतिशत वृद्धि, ७ खर्ब ९० रुपैयाँ विनियोजन।

कृषिका लागि ऋणको लक्ष्य २ निल रुपैयाँ पुर्‍याउने।

राज्य सरकारहरूलाई १५  वर्षका लागि निर्ब्याजी ऋण दिइने।

आगामी तीन वर्षमा अनुसूचित जाति मिशनमा १ खर्ब ५० अर्ब रुपैयाँ खर्च गरिने।

पीएम सुरक्षाअन्तर्गत ४४.६ करोड जनतालाई बीमा सुविधा दिइने।

गोवर्धन योजनाका लागि १ खर्ब रुपैयाँ विनियोजन।

क्षेत्रीय कनेक्टिभिटी बढाउन ५० नयाँ विमानस्थल, हेलिप्याड, अत्याधुनिक अवतरण स्थल, वाटर एरो ड्रोन निर्माण गरिने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.