|

चन्द्रौटा : नेकपा (विप्लव) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले युवाहरूलाई स्वदेशमै रोक्नुपर्ने बताएका छन्। देशमा अवसर नपाएपछि युवाहरू विदेश पलायन भएकाले युवालाई रोक्न सके मात्र देश विकास हुने बताए।

कपिलवस्तुको शिवराज नगरपालिका–९ स्थित बानियाभरमा बुधवार शिवगढी युवा सञ्जालद्वारा आयोजित लुम्बिनी प्रदेशस्तरीय कराँते छनौट प्रतियोगितालाई सम्बोधन गर्दै विदेशी आएर मालिक बन्ने र यही देशका नागरिक गुलाम बन्नुपर्ने अवस्था रहेको भन्दै त्यस्तो हुन दिन नहुने बताए।

मुलुकलाई विदेशीले खेल मैदानको रूपमा प्रयोग गरेको जिकिर गर्दै यसबाट सबै सचेत हुनुपर्ने बताए।

हाल नेकपाले बेथितिको विरुद्ध लड्दै गर्दा बाहिर आतङ्क जस्तो बुझाइ पर्न गए पनि सत्यता नभएको दाबी गरे। सुखी सम्पन्न देश बनाउन चाहेको विप्लवको भनाइ छ।

सरकारले युवाहरूलाई खेल क्षेत्रमा समेट्न नसकेको बताउँदै  युवाहरू निराश हुँदै अन्य देशमा श्रम गर्न र ठगिन बाध्य भएको जिकिर गरे।

छनौट प्रतियोगितामा लुम्बिनी प्रदेशका सयौँ खेलाडी सहभागी भए पनि २२ जना उत्कृष्ट खेलाडीले राष्ट्रिय प्रतियोगितामा सहभागी जनाउन पाउने आयोजक संस्थाका संयोजक अविनाश रोकाले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.