|

जनकपुरधाम : धनुषामा हिरासत फोडेर भाग्ने योजनाकार पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको लागुऔषध मुद्दामा पक्राउ परेर फरार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ का ३५ वर्षीय विनोदकुमार शर्मा पक्राउ परेका छन्।

विनोदलाई बुधबार राति १ बजे मिथिला नगरपालिका-१० स्थित रातु खोलाको बगरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले बताए।

प्रवक्ता क्षेत्रीका अनुसार पुस २८ मा लागुऔषधसहित पक्राउ परेका शर्मा नै हिरासत फोड्ने योजनाकार हुन्।

हिरासतमा सबैभन्दा बढी १८ दिनदेखि शर्मा नै थुनुवा थिए र उनैले फोड्न सुरुवात गरेपछि अरू थुनुवाले साथ दिएका थिए। फोड्न सफल भई ६ जना एकैसाथ फरार भएका थिए।

शर्मासँगै फरार ६ जनामध्ये ४ जना पक्राउ परिसकेका छन्। मंगलबार राति अभद्र व्यवहार तथा शान्ति सुरक्षाविरुद्धको मुद्दाका फरार थुनुवा हरिदीप सिंह, मंगलबार दिउँसो अमित मण्डल र सोमबार हातहतियार खरखजाना मुद्दाका रोशनलाई सोमबार साँझै प्रहरीले पक्रेको थियो।

अन्य दुई थुनुवाको खोजी कार्य तीव्र पारिएको प्रहरी प्रमुख विश्वराज खड्काले बताए। 

फरार थुनुवाहरूमध्ये पक्राउ पर्नेहरूमा मिथिला नगरपालिका-२ का २५ वर्षीय हरिदीप सिंह, २५ वर्षीय अमित मण्डल, मिथिला नगरपालिका-६ का २८ वर्षीय रोशनकुमार महतो र क्षीरेश्वरनाथ नगरपालिका-५ बस्ने ३५ वर्षीय विनोदकुमार शर्मा छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.