|

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामकरण उच्च प्राथमिकतामा रहेको बताएका छन्।

विराटनगरमा आज शुरु भएको सिआइएन कोशी एक्पो उद्घाटन समारोहमा बोल्दै कार्कीले प्रदेशको नाम राख्न नसकेको बताउँदै नामको विषय उच्च प्राथमिकतामा रहेको बताएका हुन्। मुख्यमन्त्री कार्कीले प्रदेशको नाम सहमतिमा टुंग्याउन नसके प्रक्रियाबाट टुंगो लगाउने समेत बताए।

प्रदेशसभाले प्रदेशको नाम राख्ने बताउँदै यसलाई उच्च प्राथमिकतामा राखेर सबै राजनीतिक दलसँगको सहमति गरेर नामको विषय टुंगो लगाउने पक्षमा रहेको बताए। उनले सहमति नभए प्रक्रियाबाट भए पनि नामको विषय टुंगो लगाउने पक्षमा रहेको बताए।

मुख्यमन्त्री कार्कीले ५ वर्षको अवधिमा प्रदेश सरकार र प्रदेश नै खारेज गर्नुपर्ने अवस्था नआएको बताए। उनले भने कमजोरी सच्याउने प्रयास गर्न र राम्रो कामको प्रशंसा गर्न समेत आग्रह गरे।

उनले मन्त्रिमण्डल घटाएर ९ वटामा झारेको समेत उल्लेख गरे। ‘१४ सदस्यीय मन्त्रिमण्डल घटाएर हामीले ९ वटामा झारेका छौं’, उनले भने, ‘प्रदेशसभाको संख्याको १० प्रतिशतभन्दा कम मन्त्री बनाउने हामीले प्रतिबद्धता गरेका छौं।’

मुख्यमन्त्री कार्कीले सरकारले गरेको असहयोगका गुनासोबीच पनि उद्योग वाणिज्य क्षेत्रलाई अघि बढाउन योगदान पुर्‍याएकोमा बधाईका साथै धन्यवाद समेत दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.