|

काठमाडौं : मिस नेपाल २०२३ का लागि आवेदन खुला भएको छ। आयोजक द हिडन ट्रेजरले पत्रकार सम्मेलन गरी  नयाँ संस्करणका लागि आवेदन खुला गरेको जनाएको हो 

प्रतियोगितामा सहभागी हुन इच्छुकले आगामी चैत १ गतेसम्म मिस नेपालको वेबसाइटमार्फत निःशुल्क आवेदन दिन सक्नेछन्। यो प्रतियोगितामा यसअघि जस्तै मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनल गरी तीन विधामा मुख्य विजेता घोषणा गर्ने  आयोजकले जनाएको छ।

नयाँ संस्करणको प्रतियोगितामा सातै प्रदेशबाट प्रत्यक्ष अडिसन हुने भएको छ । प्रतियोगितालाई फराकिलो बनाउँदै सातै प्रदेशमा अडिसनगर्ने र स्थानीय प्रतिस्पर्धीलाई समेट्ने तयारी गरेको द हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले बताए।

 काठमाडौं अडिसन आगामी चैत ४ गते हुनेछ। इटहरी, वीरगञ्ज पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढीलगायतमा क्षेत्रीय अडिसन हुने अध्यक्ष राजकर्णिकारले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.