|

बागलुङ : जिल्ला अदालत बागलुङले महिलालाई बलात्कार गरेको कसुरमा ७ वर्ष कैद सजाय सुनाएको छ। ४९ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा बागलुङको बरेङ गाउँपालिका–२ पोखराचौरका ४७ वर्षीय टिकाराम क्षेत्रीलाई ७ वर्ष कैद सजाय सुनाएको हो।

जिल्ला न्यायाधीश दिवाकर भट्टको २०७९ माघ १९ गतेको आदेशले कसुर ठहर गर्दै कैदसँगै जरिवाना फैसला गरेको हो। २०७७ माघ २८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले २०७७ फागुन १२ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए।

महिलालाई बलात्कार गरी फरार भएका क्षेत्रीलाई प्रहरीले २०७८ पुसमा पक्राउ गरेको थियो। प्रहरीले अनुसन्धान गरी २०७८ माघ १३ गते जिल्ला अदालत बागलुङमा जबर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता गराएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.