|

धनगढी : सुदूरपश्चिम प्रदेशसभाको आधिकारिक वेभसाइट ह्याक भएको छ। शुक्रबार प्रदेशसभा सचिवालयका सचिव देबबहादुर बोगटीले वेबसाइट ह्याक भएको जानकारी दिए।

उनका अनुसार वेभसाइटमा अंग्रेजी अक्षरहरु देखिएका छन्। त्यसकारण अमेरीकन ह्याकरहरुले ह्याक गरेको हुनसक्ने अनुमान गरिएको छ।

वेभसाइट कसरी ह्याक भयो भन्ने विषयमा कुनै जानकारी नभएको सचिवालयले जनाएको छ। यसबारे अनुसन्धान भइरहेको जनाइएको छ। सुदूरपश्चिममा पहिलोपटक प्रदेश सभाको वेभसाइट ह्याक भएको हो।

केही दिनअघि पनि नेपालका सबै सरकारी साइटहरू ह्याक गर्ने प्रयास भएको थियो। ह्याकरको समस्याले गर्दा त्रिभुवन विमानस्थलबाट नियमित उडानसमेत करिब २ घण्टासम्म प्रभावित बनेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.