|
फाइल तस्वीर

हेटौंडा : बागमती प्रदेश सरकारले पत्रकारको सामाजिक सुरक्षाका लागि ५० लाख रूपैयाँ दिने भएको छ।

प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शुक्रबार नेपाल पत्रकार महासंघ बागमती प्रदेशको साधारणसभालाई दोलखामा सम्बोधन गर्दै पत्रकारको सामाजिक सुरक्षाको लागि प्रदेश सरकारले ५० लाख रूपैयाँ दिने घोषणा गरेका हुन्।

श्रमजीवी पत्रकारको हकहित र सुरक्षाको लागि सरकारले ५० लाख रूपैयाँ बजेट विनियोजन गर्ने मुख्यमन्त्री जम्कट्टेलले बताए।

उनले भने‚ ‘श्रमजीवी पत्रकारहरुको सुरक्षाका लागि प्रदेश सरकार संवेदनशील छ। त्यसैले श्रमजीवी पत्रकारको सामाजिक सुरक्षा कोषको लागि प्रदेश सरकारले ५० लाख रूपैयाँ दिने घोषणा गर्छु।’

नेपाल पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारणसभा दोलखाको जिरीमा शुक्रबार शुरु भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.