|

कुश्मा : पर्वत जिल्लाको कुश्मा नगरपालिका-५ स्थित बडागाउँ भिरमा अड्किएका एक व्यक्तिको सशस्त्र प्रहरीले शुक्रवार सकुशल उद्धार गरेको छ।

कुश्मा नगरपालिका-७ दुर्लुङ्गचोक बस्ने ५३ वर्षीय गौतम गिरी हिँड्ने क्रममा यही माघ १९ गते भिरमा खसेका थिए। त्यसबरे स्थानीयले सशस्त्र प्रहरी बल नेपाल नम्बर २५ गण चण्डिका पर्वतलाई जानकारी गराएका थिए।

मानिस भिरमा खसेको जानकारी आउनासाथ उक्त गणबाट सशस्त्र प्रहरी निरीक्षक केशव शर्माको कमाण्डको टोलीले उनलाई ‘डोरी उद्धार’ विधि अपनाई करिब १५ मिटर तलबाट उद्धार गरेको हो।

उद्धार पश्चात् उनलाई उपचारको लागि जिल्ला अस्पताल पर्वत पठाइएको र उनको अवस्था सामान्य रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.