|

तुल्सीपुर : जिल्लामा छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको र अरू ३ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। 

प्रहरीका अनुसार शुक्रबार बेलुका करिब ५ बजेतिर बबई गाउँपालिका २ विजयनेटाबाट तुलसीपुर जाँदै गरेको मे १ ज ३३६ नम्बरको बोलेरो जिप अनियन्त्रित भई दुर्घटना भएको थियो।

उक्त दुर्घटनामा परी जिपमा सवार सोही ठाउँ बस्ने १८ वर्षीया बबिता केसी (टाउकोमा चोट) र २७ वर्षीय सेतेराम घर्ती (कम्मरमा चोट) गम्भीर घाइते भएको  जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी राजनकुमार गौतमले जानकारी दिए।

उनका अनुसार बबई-२ बस्ने २० वर्षीय बनिता केसी (दायाँ हातमा चोट) र जिपचालक सल्यान कालीमाटी गाउँपालिका-३ बस्ने २५ वर्षीय लोकबहादुर केसी (बायाँ हातमा चोट) को अवस्था सामान्य छ। जिप सडकबाट करिब ६० मिटर तल भिरमा खसेको र घाइतेको उपचारको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भइरहेको प्रहरीले जनाएको छ।

यस्तै दिउँसो गढवा गाउँपालिका ८ दमनमरे खोलामा गढवाबाट मुसीनाकातर्फ सिमेन्ट र छड लिई जाँदै गरेको रा १ त ३६३७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालक गढवा-६ बस्ने ३२ वर्षीय मंगल चौधरी घाइते भएको प्रहरीले जनाएको छ।

उनका दुबै हात र गोडामा चोट लागेको र उपचारका लागि लमही अस्पताल दाङ पठाइएको छ। उनको अवस्था मध्यम रहेको र ट्याक्टर सडकबाट करिब ३५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.