|

काडमाडौं : नेपाल प्रहरीले सांसद अरुणकुमार चौधरी पक्राउ गरेर जेल चलान गरिएको संघीय संसद् सचिवालयलाई  जानकारी गराएको छ। 

कार्यालयले शुक्रबार एक पत्रमार्फत संसद् सचिवालयलाई जानकारी गराएको हो। कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुण चौधरी शुक्रबार जेल चलान भएका छन्।  उनी अदालतको फैसला कार्यान्वयनको कैद पुर्जी बुझेपछि जेल चलान भए। प्रहरी प्रधान कार्यालयले सभामुख देवराज घिमिरेलाई पत्र पठाएर चौधरिलाई जेल चलान गरिएको जानकारी गराएको हो।

सभामुख घिमिरेले आइतबार सो पत्र पढेर सदनलाई जानकारी गराउनेछन्।  उनले सदनलाई सो बारेमा जानकारी गराइसकेपछि चौधरी निलम्बनमा पर्ने छन्।

चौधरी गत मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नं २ बाट निर्वाचित भएका हुन् । कैलाली जिल्ला अदालतमा २०६६ भदौ ३ मा लु २ त २११ नम्बरको ट्र्याक्टर जलाएको भन्दै २०६७ भदौ २ मा कैलाली जिल्ला अदालतमा महादेव बजगाईँले चौधरीसहित तीन जनालाई विपक्षी बनाई मुद्दा दायर गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.