|

पाल्पा : पाल्पा ट्याक्टरले ठक्कर दिँदा दुइ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा तानसेन नगरपालिका -१३ बौघागुम्हाका १९ वर्षीय अभिषेक थापा र सोही ठाउँका ३९ वर्षीया मिना थापा मिधुन रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक जनक शाहीले बताए। मृतक उनीहरू आमा छोरा हुन।

तानसेनदेखि खानीगाउँ तर्फ जाँदै गरेको लु२त ९८८४ नम्बरको ट्याक्टरले सोही तर्फ जाँदै गरेको लु५३प ७५७१ नम्बरको स्कुटरलाई आज बिहान ठक्कर दिएको हो।तानसेन- दर्लमडाँडा अन्तरगत भित्री सडकमा पर्ने बगनासकाली गाउँपालिका-९ झिरुभन्ज्याङ नजिकै ठकुरी बारीमा बिहान दुर्घटना भएको हो।

गम्भीर घाइते उनीहरूलाई उपचारको लागि जिल्ला अस्पताल पाल्पामा लैजादा चिकित्सकले मृत घोषणा गरेका थिए। शवको पोष्टमार्टम गरेर आफन्तलाई बुझाउने तयारी भइरहेको छ। ट्याक्टर चालक धादिङका हरिलाल चेपाङलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.