|

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति पूर्णबादुर खड्काले बलात्कारको आरोपीलाई कुनै हालतमा  उन्मुक्ति सह्य नहुने बताएका छन्। 

शनिबार सामाजिक सञ्जाल ट्वीटरमार्फत उपसभापति खड्काले नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडी सन्दीप लामिछानेलाई प्रशिक्षणमा फर्काउन गरेको निर्णयविरुद्धमा यस्तो बताएका हुन्। 

‘कोही नेता लोकप्रिय होलान्, कोही कलाकार लोकप्रिय होलान्, कोही खेलाडी लोकप्रिय होलान्? यो बेग्लै कुरा हो। तर, बलात्कारको अभियोग वा कुनै पनि अभियोग लागेको व्‍यक्तिलाई कुनै पनि खालको उन्मुक्ति दिने कुरा ग्राह्य हुन सक्दैन। सम्बन्धित संस्थाको तत्काल  गम्भीर ध्यान जाओस,’ उनले भनेका छन्। 

केही दिन अगाडि मात्रै कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पनि क्यानको निर्णयविरुद्ध आवाज उठाएका थिए। 

काेहि नेता लाेकप्रिय हाेलान्,काेहि कलाकार लाेकप्रिय हाेलान्,काेहि खेलाडि लाेकप्रिय हाेलान् ?याे बेग्लै कुरा हाे।तर बलात्कारकाे अभियाेग वा कुनै पनि अभियाेग लागेकाे ब्यक्तिलाई कुनै पनि खालकाे उन्मुक्ति दिने कुरा ग्राह्य हुन सक्तैन।सम्बन्धित संस्थाकाे तत्काल गंभीर ध्यान जाअाेस🙏🌳 pic.twitter.com/MYNF4NBlGd

— Purna Bahadur Khadka (@NCPurnaKhadka) February 4, 2023

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.