|

काठमाडौं :  प्रशिद्ध अंग्रेजी साहित्यकार विलियम सेक्सपियरको नाटक 'टुवेल्थ नाइट' काठमाडौंमा मञ्चन गरिएको छ।

करिब १ घण्टा १० मिनेटको उक्त नाटक पाठशाला नेपालको प्रस्तुतिमा थापागाउँस्थित पाठशाला स्कुलको थिएटरमा प्रदर्शन गरिएको हो।

नाटकलाई ओजस्वी भट्टराई र सौरभ न्यौपानेले निर्देशन गरेका हुन्। अंग्रेजी र नेपाली दुवै भाषामा संवादको संमिश्रण नाटकमा रहेको छ। नाटकको केही अंशको नेपालीकरण पनि नाट्यनिर्देशक भट्टराईले नै गरेकी हुन्।

असल पुडासैनी, समिरन चालिसे, सदीक्षा भण्डारी, दर्शना नेपाल, सौर्य नरसिंह थापालगायत २२ जना कलाकारले नाटकमा अभिनय गरेका छन्। ती कलाकारहरू पाठशाला नेपालका कक्षा ८ र ९ का विद्यार्थी हुन्। काल्पनिकता र हाँसोले भरिएको त्रिकोणात्मक प्रेम प्रसंग नाटकमा देखाइएको छ।

सेक्सपियरले १६ औं शताब्दीमा यो नाटक लेखेका हुन्। प्रेम एकातिर र विवाह अर्कोतिर भएर समापन हुने यस नाटकमा भ्रम र यथार्थको संमिश्रणले एकआपसको आकर्षणको साङ्लो चुँडिएको देखाइएको छ।

यो नाटक गत माघ १३ र १४ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित पाठशाला साँझमा पनि प्रदर्शन गरिएको थियो। निर्देशकको मिहिनेत र कलाकारको अभियनलाई दर्शकले रुची राखेकोले शनिबार पनि एक शो देखाइएको आयोजकले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.