|

सुर्खेत : २१७ पटक वैठक बसेको कर्णाली प्रदेशसभाको पहिलो कार्यकालको ५ वर्षमा ५३ वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका छन्। ६ वटा विधेयक विषयगत समितिमा छलफलका लागि पठाएको छ भने ३ वटा विधेयक प्रदेशसभामा दर्ता भई टेबुल हुन बाँकी र २ वटा प्रक्रियामा रहेका छन्।

कर्णाली प्रदेशसभाले जनसरोकारसँग सम्बन्धित १३ वटा विधेयक र कर्णाली प्रदेश सरकार सञ्चालनसम्बन्धी ४० वटा  विधेयक बनाएको छ। ८३ वटा विधेयक दर्ता भएकोमा अध्यादेश ८ वटा, फिर्ता विधेयक ८ वटा र निष्क्रिय विधेयक ३ वटा रहेका छन्। अध्यादेश, फिर्ता विधेयक र निष्क्रिय विधेयकबाहेक विधेयक ६४ वटा रहेका छन्।

४० जना प्रदेशसभा सदस्यहरूले प्रतिनिधित्व गर्ने गरेका छन्। जसमा २४ जना प्रत्यक्ष चुनावबाट र १६ जना समानुपातिकतर्फबाट प्रतिनिधित्व गरेका थिए।

प्रदेशसभाको पहिलो बैठक २०७४ माघ २१ गते ज्येष्ठ सदस्य हिमबहादुर शाहीको अध्यक्षतामा बसी प्रदेशसभाले २०७४ माघ २८ गते सभामुखमा राजबहादुर शाही र २०७४ फागुन ५ गते उपसभामुखमा पुष्पा घर्ती (विष्ट) लाई निर्वाचित गरेको थियो।

पहिलोदेखि दशौं अधिवेशनसम्म पुग्दा ५ वर्षमा २ सय ८४ घण्टा ५२ मिनेट ५९ सेकेण्ड सभा चलेको  प्रदेशसभाको अन्तिम बैठक २०७९ साउन १८ गते बसेको थियो।

५ वटा दलहरूले प्रदेशसभामा प्रतिनिधित्व गरेका थिए। २०७४ माघ २१ गते पहिलो प्रदेशसभा बैठक बसेको दिनलाई प्रदेशसभा स्थापना दिवसका रुपमा बनाइँदै आएको छ। यस अवसरमा पूर्व पदाधिकारीहरू र सदस्यहरूलाई सम्मानसमेत गरिएको प्रदेशसभा सचिवालयका सचिव जीवनराज बुढाथोकीले बताए।

कार्यक्रममा कर्णाली प्रदेश प्रमुख तिलक परियार, मुख्यमन्त्री राजकुमार शर्मा, सभामुख नन्दा गुरुङ, उपसभामुख यशोदा न्यौपाने, प्रदेशका मन्त्रीहरू, माननीयहरू, पूर्व माननीयहरू, सचिवहरू तथा सुरक्षा निकायका प्रदेश प्रमुखहरू सहभागी रहेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.