|

दाङ : घोराही उपमहानगरपालिका १४ झिङ्गौरा स्थित सहिद पार्कमा रहेको सहिदहरूको सालिक तोडफोड  भएका छन्। 

सहिद पृथ्वी चौधरी, ओमभक्त चौधरी र लौटन चौधरीको सालिक माघ २० गते तोडफोड भएको घटना प्रति माओवादी केन्द्र घोराही उपमहानगर कमिटीले गम्भिर ध्यानाकर्षण भएको भन्दै दोषी माथि कडा कारबाही गर्न माग गरेको छ।

कमिटीका अध्यक्ष रमेश वली ( राजन )  र सचिव भाग दास चौधरी ( साकार ) ले शनिबार एक विज्ञप्ति निकालेर सहिदहरू पृथ्वी, ओमभक्त र लौटन चौधरीको सालिक तोडफोडको घटनाप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

विज्ञप्तिमा घटनाबाट हतोत्साहित नहुन सहिद परिवार र परिवर्तन पक्षधर जनतामा अपिल गर्दै यथाशीघ्र शालिकराम पुननिर्माण गरिने उल्लेख गरिएको छ।  यस्तै योङ्ग कम्युनिस्ट लिग ( वाइसीएल ) दाङले सहिदको सालिक फोडिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।

वाईसीएल दाङका संयोजक माधव बुढाथोकी , इन्चार्ज अम्मर नेपाली ( माइकल ), र सचिव अनिल शेर्पालीले संयुक्त  विज्ञप्ति निकालेर  घोराही  १४ झिङ्गौरा स्थित  पार्कमा सहिदहरूको सालिक  तोडफोड भएको घटना प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन्।

उनीहरूले दश वर्षे महान जनयुद्धको दौरान देशको आमूल परिवर्तन, सामाजिक रूपान्तरण र न्यायको लागि आफ्नो ज्यानको बलिदानी गर्ने  महान सहिदहरूको सालिक तोडफोड गर्नु अराजनैतिक एवम् आपराधिक गतिविधि भएको विज्ञप्तिमार्फत जनाएका छन्।

 सालिक तोडफोड कार्यमा संलग्न अपराधीहरूलाई तत्काल पक्राउ गरी  कारवाहीको दायरामा ल्याउनको  लागि स्थानीय प्रशासनसँग जोडदार माग समेत गरिएको छ।  वाइसीएल दाङले  सहिदहरूको सालिक अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै पार्कको उचित व्यवस्थापन, पुननिर्माण र पार्कको उचित संरक्षण तत्काल गर्नका लागि सम्बन्धित सबैमा हार्दिक अपिल गरेको छ।

यस्तै अखिल क्रान्तिकारी दाङले सहिदको सालिक फोडिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ। क्रान्तिकारी दाङका अध्यक्ष गिरबहादुर महराले विज्ञप्ति निकालेर सहिदहरूको  सालिक तोडफोड भएको घटना प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन्।

क्रान्तिकारीले सहिदहरूको सालिक अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै पार्कको उचित व्यवस्थापन, पुननिर्माण  र पार्कको उचित संरक्षण तत्काल गर्नका लागि सम्बन्धित सबैमा हार्दिक अपिल गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.