|

विराटनगर  :  प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सञ्चार प्रतिष्ठान ऐन यही संसदबाट टुंगो लगाउने बताएका छन्।

आज (आइतबार) प्रेस चौतारी नेपालको २५औँ स्थापना दिवसको अवसरमा प्रेस चौतारी मोरङ जिल्ला कार्य समितिले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन्।

 सञ्चार प्रतिष्ठान  ऐन  यही  संसदबाट टुंग्याएर  काम सम्पन्न गर्ने बताउदै मुख्यमन्त्री कार्कीले प्रेस क्षेत्रमा पत्रकारिताको भूमिका  र यो क्षेत्रलाई समाजमा स्थापित गर्ने क्षेत्रमा  ऐनकानुनको माध्यमबाट नै  प्रेस  सञ्चार प्रतिष्ठान  ल्याउने उनले बताए।

‘ऐन यही संसदनमा टुंग््याएर काम सम्पन्न गर्नेछौँ, प्रेस क्षेत्रमा  प्रेसको भूमिका, पत्रकारिताको भूमिका र यो क्षेत्रलाई समाजमा स्थापित गर्ने क्षेत्रमा  ऐन कानुनको माध्यमबाट नै प्रेस सञ्चार प्रतिष्ठान ल्याउने, अब प्रतिष्ठानका नाम के रहन्छ यो ऐनले  निर्धारण गर्छ,’उनले भने,‘ सञ्चार प्रतिष्ठान बनाएर  यसलाई संस्थाकोरुपमा विकास गर्ने  मेरो प्रतिवद्धता हो’  उनले संचार प्रतिष्ठानको   ऐन विगतका दिनमा नियमावदीको माध्यमबाट चलाउन प्रयास पनि गरेको बताउँदै उनले  धेरै आलोचना बेहोर्नु परेको समेत बताए।

उनले  सुरुवातीको दिनमा आलोचनाभए अनुसार  बेठिक नभएको दाबी गर्दै उनले  अब  ऐनको मार्फत जाने बताए। अघिल्लो सरकारको आलोचना गर्दै  पहिले पनि नियामवलीहरुको प्रक्रिया हटाएर त्यसलाई खारजे गरिएको गुनासो गर्दै उनले भने,‘  खारेज  गर्नु आवश्यकता थिएन, किनभने एमाले आवद्ध मान्छे त्यहाँ थियो त्यसलाई  हटाउन नसकेर खारेज गरेको हो भने त्यो राम्रो होइन।’

उनले  अहिले पनि अघिलो सरकारले नियुक्ति गरेको खेलकुद परिषदमा पदाधिकारीहरु रहेको बताउदै उनले आफ्नो मान्छे  नियुक्त गर्नु कानुन नै खारजे गर्नु राम्रो नभएको बताए।

‘ उहाँहरुलाई हटाउन आफ्नो मान्छे ल्याउन मिल्छ? प्रश्न गर्दै उनले भने,‘ मिल्दैन  त्यसको पनि आफ्ना विधि र प्रक्रियाबाट हट्न र हटाउन  सकिन्छ , हटाइन्छ  हट्छन्   तर कानुनलाई मिचेर  बल मिच्याइ गरेर तानाशाहले कानुनलाई खारेज गरेर संस्थाहरु विघटन गरेर होइन।’ उनले  २०१७ साल पुष १ गते राजा महेन्द्रले नेपालको संविधानका धाराहरु निलम्बन गरेका कुरालाई स्मरण गर्दै  भने,‘ बहुदलिय शासन प्रणालीलाई मिचे जस्तो चाँही म गर्न चाहान्न।’ पार्टीको नामबाट काँग्रेस मओवादी एमालेको नामबाट सर्वार्थ  हो हैकमबादी प्रवृत्ति हो भने  यो विषयमा असहमत रहेको  मुख्यमन्त्री कार्कीको भनाई थियो। ‘जसले गर्नुभयो यो बेठिक  गर्नुभयो,’ उनले भने,‘ ऐन ल्याएर छिटो व्यवस्थापन गरेको भए हुन्थ्यो। उनले  ऐन बनाएर ऐनको माध्यमबाट चाँडोभन्दा चाँडो स्थापना गरेर  एउटा  शसक्त  प्रतिष्ठान ल्याउने  मुख्यमन्त्रीले प्रतिवद्धता  जनाए।   उनले आफू मुख्यमन्त्री भएपछि बधाई दिने क्रम अझै नसकिएको बताउदै उनले   यसलाई घटाउनेतर्फ पनि लागि पर्नेमा जोड दिए।  उनले बधाई दिनँदा एकपटक दिँदा पुग्ने बताउदै खदा भन्दा पनि बारीको फुल टिपेर दिँदा हुने बताए ।  उनले खादा नलगाउदा धर्म संस्कृतिसँग  पनि असर गर्ने बताउदै उनले भने,‘एउटा संस्थाले एउटा खादा हुँदा हुन्छ, पटकपटक बधाई दिनुहुन्छ। यसलाई कम गर्दै  जानेछु।’

उनले बधाई कार्यक्रमले  कतिपय काम  रोकिएको स्विकार गर्दै   पर्खाएर  फर्काउन नसक्नेसमेत  बताए।

 उनले हिजो जस्तो एक्लो सरकार नभएको उल्लेख गर्दै प्र्रवाविधिक पाटो मिलाउदा ढिलो  भएको र यसका बाबजुद  पनि काम गर्दै अगाडि बढ्ने ऐन ल्याउने प्रतिष्ठान ल्याउने, पत्रकार बिरामी हुँदा, अनुसन्धानका लागि फेलोशिप दिने सकियोस  भन्ने पक्षमा रहेकोमा उनले जोड दिए।

‘एउटा अप्ठ्यारो छ कर्मचारीतन्त्रले अलिक असहज भएको  छ, सरकारी कर्मचारीलाई दिन दिने काम पास हुन सजिलो हुन्छ, निजि संस्थालाई दिन अलिक गाह्रो यसलाई चिर्ने पक्षमा छौँ।’

संस्थापक पूर्वमुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले ल्याएको प्रादेशिक सञ्चार प्रतिष्ठान पूर्वमुख्यमन्त्री राजेन्द्रकुरमार राईको नेतृत्वमा रहेको सरकारले विघठन गरेको थियो।

प्रतिष्ठानको  कार्यकारी निर्देशनमा शेरधन राई नेतृत्वको सरकारले यज्ञ शर्मालाई  नियुक्त गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.