'एमाले कहिल्यै पनि सत्तालिप्सा गर्दैन'

|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू सत्ता लिप्साको पक्षमा नरहेको स्पष्ट पारेका छन्। 

आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले जनताले दिएको जनमतअनुसार आफूहरू सत्ता लिप्सामा नरहेको बताए। 

‘हामी जसरी पनि सरकार बनाउने सत्ता लिप्सामा कहिल्यै रहेनौँ, थिएनौँ। यही मानसिकताका साथ हामी प्रतिपक्षमा बस्न तयार भएका थियौँ। सरकार निर्माण गर्न कांग्रेसमा असाधारण रुचि र व्यग्रता देखिन्थ्यो,’ उनले भने, ‘कांग्रेसको स्वभाव अनुसार हामीले यसलाई स्वभाविक रुपमा लिएका थियौं। तर, प्रतिपक्ष मानसिकताका साथ कांग्रेस गठित सरकारको प्रतिपक्ष गरिरहँदा संविधानको व्यवस्था अनुसार समय गुज्रिन थाल्यो। राजनीतिक निकास दिन एमालेले पहल लिनुपर्ने भयो।’

अध्यक्ष ओलीले देशमा राजनीतिक अस्थिरता बढेको बताए। उनले संविधान निर्माण भएको सात वगर्षमा सातवटा सरकार गठन भएको समेत दाबी गरे। 

‘राजनीतिक स्थायीत्व सात वर्षभित्र सातजना प्रधानमन्त्री फेरिए। संविधानमा स्थायीत्वको खोजी रह्यो तर, हाम्रो प्राीप्त अनिश्चय, अविश्वास र अनुचित साँठगाँढले आक्रान्त भयो। हामी कहिलेसम्म मदारीको जमुरे भएर बसिरहने? हामी जनताका प्रतिनिधि आत्मविश्वासका साथ नेपाल र नेपालीको भविष्य निर्माणका लागि प्रण गरौं। राष्ट्रिय एकताको सवालमा एमाले जस्तोसुकै योगदान गर्न तयार छ,’ अध्यक्ष ओलीले भने।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.