|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले लोकतन्त्र बलियो बनाउन प्रेस जगत बलियो हुनुपर्ने बताएका छन्। प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसमा चितवन शाखाको कार्यक्रममा उनले भ्रष्टाचार र विसंगतिविरूद्ध हिम्मतिलो भएर कलम चलाउन मिडियाकर्मीहरूसँग आग्रह गरे।

'अबको समृद्धि भनेकै विकास र आर्थिक प्रगतिका लागि उत्पादनका क्षेत्रहरू विकास गरेर जानु आवश्यक छ। यसमा विसंगति र भ्रष्टाचार पर्खाल बनेर खडा छन्,' उनले भने, 'भ्रष्टाचारविरूद्ध तपाईंहरूबाट बमबारी हुन सकोस्। विकृतिविरूद्ध कलम चलाउने आँट गर्नुस्।'

स्वास्थ्य क्षेत्रमा धेरै विकृति र विसंगति रहेको पनि उनले बताए। 'अस्पतालसम्म जान नसकेका कारण गाउँ गाउँमा रोग पालेर बस्नेको संख्या ठूलो छ। दुरदराजका गाउँसम्म स्वास्थ सेवा लैजाने संकल्पसहित म यस मन्त्रालयको जिम्मेवारी सम्हाल्न आएको हुँ,' मन्त्री गिरीले भने, 'सातैवटा प्रदेशमा आइसियुसहितका सुविधासम्पन्न अस्पताल खोल्ने तथा गुणस्तरीय ल्याब र उपकरणको व्यवस्था गर्ने, गाउँ गाउँमा पनि आधारभूत अस्पताल खोलेर हरेक नागरिकलाई स्वास्थ्य सेवा दिने, बिमा कार्यक्रम फराकिलो बनाउँदै धेरैभन्दा धेरैलाई समेट्नेलगायत कार्य योजना कार्यान्वयनमा तपाईंहरुको साथ अत्यावश्यक छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.