|

हेटौंडा : बागमती प्रदेशसभाले १६ सदस्यीय कार्य व्यवस्था परामर्श समिति गठन गरेको छ।

आइतबार बसेको प्रदेशसभा बैठकले १६ सदस्यीय कार्य व्यवस्था परामर्श समिति गठन गरेको हो। समितिको नेतृत्व सभामुख भुवनकुमार पाठकले गर्नेछन् भने उपसभामुख अप्सरा चापागाईँ र प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठ प्रदेश सदस्य रहनेछन्।

कार्य व्यवस्था परामर्श समितिको सदस्यहरूमा माओवादी केन्द्रबाट रत्न ढकाल‚ राधिका तामाङ, एमालेबाट आनन्दकुमार श्रेष्ठ, मधुसूदन पौडेल, भारती पाठक कांग्रेसबाट छिरिङ दोर्जे लामा, कुन्दनराज काफ्ले, रामकृष्ण चित्रकार, हरिप्रभा खड्गी, एकीकृत समाजवादी पार्टीबाट ओमकुमारी श्रेष्ठ, हाम्रो नेपाली पार्टीबाट शैलेन्द्रमान बज्राचार्य र नेमकिपाबाट सुरेन्द्रराज गोसाईं रहेका छन्।

प्रदेशसभाको काम कारबाही, बैठकको कार्यसूची तथा आवश्यकताका आधारमा सभामुखलाई सघाउन उक्त समिति गठन गरिएको हो। प्रदेशसभा बैठकले आगामी माघ २६ गतेका लागि प्रदेश प्रमुखको सम्बोधन मिति तय गरेको छ। उक्त दिन दिउँसो १ः०९ बजे प्रदेश प्रमुख यादवचन्द्र शर्माले संसदलाई सम्बोधन गर्नेछन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.