|

काठमाडौं : स्पेनिस ला लिगामा बार्सिलोनाले सेभियालाई ३–० ले पराजित गरेको छ। 

शीर्ष स्थानको बार्साले जितसँगै दोस्रो स्थानको रियाल मड्रिडसँग अंक दूरी बढाएको छ। घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनाले एकपक्षीय खेल प्रदर्शन गर्‍यो। पहिलो हाफमा दुबै टिमले गोल गर्न सकेका थिएनन्। 

५८ औँ मिनेटमा जोर्डी अल्बाको गोलबाट बार्साले खाता खोल्यो।  ७० औँ मिनेटमा गाभीले गोल गर्दै अग्रता दोब्बर बनाए।   ७९ औँ मिनेटमा बार्सिलोनाले राफिन्हाले गोल गर्दै जित सुनिश्चि गर्यो। 

जितसँगै बार्सिलोनाले दोस्रो स्थानको रियाल मड्रिडसँग अंक दूरी ८ बनाएको छ। बार्सिलोनाको २० खेलमा ५३ अंक छ । दोस्रो स्थानको रियालको समान खेलमा ४५ अंक छ।

गएराति रियालले भने मियोर्कासँग १–० को हार व्यहोर्यो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.