|

काठमाडौं : इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी पराजित भएको छ।  ह्यारी केनको कीर्तिमानी गोलमा टोटनह्याम xले सिटीलाई पराजित गरेको हो। 

उपाधि होडमा रहेको सिटीको लिगमा यो चौथो हार हो। घरेलु स्टेडियममा १० खेलाडीमा सीमित टोटनह्याम १–० ले विजयी भयो। घरेलु टोलीलाई जिताउन ह्यारी केनले निर्णायक तथा कीर्तिमानी गोल गरे।

खेलको १५ औँ मिनेटमा पियर मिएल हुइवर्गको पासमा डि–बक्स भित्रबाट केनले उत्कृष्ट फिनिस गरेका थिए। यो गोलसँगै केन टोटनह्यामका लागि सर्वाधिक गोल गर्ने खेलाडी बने। उनको यो २ सय ६७ औँ गोल हो। केनले पूर्व खेलाडी जिम्मी ग्रेभ्सको कीर्तिमान तोडेका हुन्। २९ वर्षीय केनले १५ डिसेम्बर २०११ मा टोटनह्यामका लागि डेब्यु गोल गरेका थिए।

अघिल्लो खेलमा फुलहमविरुद्धको जितमा पनि निर्णायक गोल गरेका केनले टिमको गोल संख्या २ सय ६६ बनाएका थिए। सन् १९६१ देखि १९७० सम्ममा जिम्मी ग्रेभ्सले यो कीर्तिमान राखेका थिए । केनले ५३ वर्ष पछि कीर्तिमान तोडेका हुन्।

जितसँगै टोटनह्यामको च्याम्पियन्स लिग खेल्ने सम्भावना कायमै छ। उसको २२ खेलमा ३९ अंक छ भने पाचौँ स्थानमा यथावत छ। पराजित सिटी भने शीर्ष स्थानको आर्सनलभन्दा ५ अंकले पछि परेको छ। सिटीको २१ खेलमा ४५ अंक छ। एक खेल कम खेलेको आर्सनल ५० अंकसहित शीर्ष स्थानमा छ।

यस्तै गएराति नै भएको लिगको अर्को खेलमा नटिङहम फरेस्टले लिड्स युनाइटेडलाई १–० ले पराजित गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.