|

काठमाडौं रौतहटको चन्द्रपुर नगरपालिका ४ धन्सार पुल नजिकै मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ। सर्लाहीको हरिवन नगरपालिका ७ का ३० वर्षीय किरण लामा घिसिङको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका लामाको उपचारको क्रममा चन्द्रपुर अस्पतालमा आइतबार बेलुकी सवा ८ बजे मृत्यु भएको हो । सर्लाहीबाट निजगढ जाँदै गरेको मधेश प्रदेश–०४–००१ प ३५५७ नम्बरको मोटरसाइकल साँझ साढे ६ बजे अनियन्त्रित भएर पल्टिएको इलाका प्रहरी कार्यालय चन्द्रपुर रौतहटले जानकारी दिएको छ। 

यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका ९ मा गएराति मोटरसाइकल बिजुलीको पोलमा ठोकिदा २ जना घाइते भएका छन्। चालक धनकुटाको महालक्ष्मी नगरपालिका २ का ३० वर्षीय आदर्श कटुवाल र पछाडि सवार महालक्ष्मी नगरपलिका ९ का २१ वर्षीय आयुस थापा घाइते भएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.