|

धनुषा : मधेश प्रदेशमा नेकपा माओवादी केन्द्रले मन्त्रीको नाम टुंगो लगाएसँगै सरकारले पूर्णता पाएको छ। माओवादीका सुनिता यादव मन्त्री र रहबर अन्सारी राज्य मन्त्री भएका हुन्।

मन्त्री यादव र राज्य मन्त्री अन्सारीको शपथग्रहण मंगलबार दिउँसो १ बजे हुनेछ।

माओवादी केन्द्रले उद्योग, पर्यटन तथा वन मन्त्रालयमा सुनिता यादव र राज्य मन्त्रीमा रहबर अन्सारीलाई पठाउने निर्णय गरेको माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भारतप्रसाद साहले जानकारी दिए।

अहिले सो मन्त्रालय मुख्यमन्त्री सरोजकुमार यादवले सम्हाल्दै आएका छन्। माओवादी केन्द्र मधेश प्रदेशको संसदीय दलले सरकारमा जानेको नाम तय गर्न नसक्दा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै टुंगो लगाउनु परेको हो।

यससँगै मधेश प्रदेश सरकारमा पहिलोपटक दुईजना महिला मन्त्री भएका छन्। यादव धनुषा र अन्सारी महोत्तरीबाट समानुपातिकतर्फबाट प्रदेशसभा सदस्य भएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.