|
तस्वीर : एपी/एएफपी/सिह्नवा

विनाशकारी भूकम्पबाट टर्की र सिरियामा मृत्यु हुनेको २ हजार २४९ र घाइतेको संख्या ५ हजार नाघेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। मृतक र घाइतेको संख्या अझै बढ्ने अनुमान गरिएको छ।

टर्कीमा करिब ५ हजार नेपाली रहेका र अहिलेसम्म कोही भूकम्पमा परेको समाचार नआएको बेलायती सञ्चारमाध्यम बिबिसीले जनाएको छ।

आज बिहान गएको भूकम्पपछि टर्केली र सिरियालीहरूको जनजीवन कष्टकर बनेको छ। आज बिहानै ७ दशमलव ८ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएको थियो।

भूकम्पबाट विस्थापित हजारौंलाई आश्रय, खाना, पानी र औषधिको अभाव देखिएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सिरियाको गृहयुद्धबाट विस्थापित शरणार्थीहरूलाई भूकम्पसँगै चिसोले समेत सताएको छ।

राज्यका सबै संयन्त्र घाइतेको उद्धार र राहतमा खटिएका छन्। ज्यान गुमाउनेको संख्या बढ्दै जाँदा टर्कीले  मद्दतका लागि अन्तरराष्ट्रिय समुदाय गुहारेको छ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भूकम्पबाट टर्कीमा मात्रै करिब ३ हजार घर ध्वस्त भएको बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.