|

काठमाडौं : डब्लुबीसी मोइ थाईको विश्व च्याम्पियनसिप खेलमा प्रतिस्पर्धा गर्न गएका तीन नेपाली खेलाडीले विश्व रेकर्ड राखेका छन्। मोइ थाईको ‘विश्व च्याम्पियनसिप’ फाइटमा भाग लिन गएका नेपाली गेन्जी राई, दिग्विजय राठौर र लालबहादुर तामाङले समान रेकर्ड राखेका  हुन्।

थाइल्याण्डमा आयोजना भएको च्याम्पियनसिपमा नेपालका राई (३१ केजी), तामाङ (५३ केजी), र राठोर (६३ केजी) को खेलमा प्रतिस्पर्धा गरेका थिए। उनीहरू तीनैजनाले द्वितीय स्थान हासिल गर्दै रजत पुरस्कार पाउन सफल  भएको  सचिव दीपक तामाङले बताए। थाइल्याण्डमा फेब्रुअरी २ देखि ६ तारिखसम्म भएको च्याम्पियनसिप प्रतियोगितामा ५० देश सहभागी थिए।

प्रतियोगितामा खेलाडीहरूको व्यवस्थापनका लागि टिम म्यानेजरका रूपमा संस्थाका अध्यक्ष एवं प्रशिक्षक राजु राई र प्रशिक्षक पुरण रोकाया खेलाडीहरूसँगै थाइल्याण्ड पुगेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.