|

भारतीय अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री कियारा आडवाणी विवाह बन्धनमा बाँधिएका छन्। मंगलबार साँझ जैसलमेरको होटल सूर्यगढको स्टेपवेलमा उनीहरूबीच लगनगाँठो कसिएको हो।

शाही परम्पराअनुसार भएको विवाहमा मण्डपलाई स्वदेशी र विदेशी फूलहरूले सजाइएको थियो। विवाहसँगै यी दुईले सामाजिक सञ्जालमा फोटो र भिडियो सार्वजनिक गरेका छन्। 

कियाराले इन्स्टामा लेखेकी छिन्, अब हाम्रो स्थायी बुकिङ सकियो। हामीलाई तपाईँका माया र आशीर्वाद चाहिन्छ।’

विवाह समारोहमा सिद्धार्थ र कियाराका परिवारसहित बलिउडका कलाकार र व्यवसायी उपस्थित थिए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.