|

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी विप्लवले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ।

पार्टीको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै बुधवार पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले उक्त जानकारी दिए। उनले चर्को महँगीका विरुद्ध देशव्यापी विरोध गर्ने बताए।

उनले पार्टीले दलाल पुँजीवादी सत्ताको विकल्प वैकल्पिक समाजवादी सत्ता भन्ने राजनीतिक नारालाई मुख्य बनाउने निर्णय गरेको पनि खुलासा गरे।

उनले पार्टीले संसद्‌मा रहेका र नरहेका विभिन्न कम्युनिष्ट पार्टीका साथै राजनीतिक दलहरूबीच रूपान्तरणका मुद्दामा बहस गर्दै जाने निर्णय गरेको बताए।

उनले आगामी दिनमा राष्ट्रिय स्वाधीनता, जनताका राजनीतिक एवं आर्थिक अधिकार र जनजीविकाका क्षेत्रमा संघर्ष गर्ने निर्णय गरेको बताए।

उनले पार्टीले एमसीसी, एनसीएल, एसपीपी, अग्निपथ, माथिल्लो कर्णाली, अरुण तेस्रो, महाकाली अतिक्रमणका विरुद्ध संघर्ष गर्ने पनि बताए।

उनले भने, ‘विश्वमा हावी भूमण्डलीकृत पुँजीवादका कारण मानव जातिले दोस्रो विश्वयुद्धपछि सबैभन्दा खराब अवस्था भोग्नु परिरहेको छ। बैकठले पार्टी संगठनमा निर्णय लिँदै जनआधारित पार्टी र जनआधारित नेता कार्यकर्ता भन्ने नीति पारित गरी जनताको सुखदुःखमा पार्टी पुग्ने योजना अघि सारेको छ।’

पार्टीले आगामी दिनमा राष्ट्रिय स्वाधीनता, जनताका राजनीतिक एवं आर्थिक अधिकार र जनजीविकाका क्षेत्रमा संघर्ष गर्ने निर्णय गरेको छ।

जनताका मौलिक अधिकारका लागि संघर्ष गर्ने र राज्यले मिटरब्याजीलाई अपराधी घोषणा गर्नुपर्ने पार्टीको माग छ। फागुन ५ गते मिटरब्याज, बैंकको चर्को ब्याजदर र लघुवित्तका विरुद्ध र फागुन १५ गते चर्को महँगीका विरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्नेछ।

उनले भने‚ ‘३ बुँदे सहमतिअनुसार एकीकृत जनक्रान्तिका सम्पूर्ण कमरेड मुक्त हुनुपर्नेमा हालसम्म पनि ४० जना कमरेड विभिन्न जेलमा हुनुहुन्छ। राज्यले सहमति गरेअनुसार अविलम्ब बन्दी कमरेडहरू मुक्त गर्नुपर्छ। साथै मुद्दाहरू खारेज गरिनुपर्छ।’

नेपाल कम्युनिष्ट पार्टी प्रवक्ता विश्वकर्माले जनताका मौलिक अधिकारका लागि संघर्ष गर्ने, राज्यले मिटरब्याजीलाई अपराधी घोषणा गर्नुपर्ने बताए। उनले सरकारसँग पार्टीले गरेको ३ बुँदे सहमतिअनुसार एकीकृत जनक्रान्तिका कारण जेलमा रहेका नेताहरू रिहा हुनुपर्ने माग गरेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.