|

दाङ : लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एमालेका उम्मेदवार कुमार दसौँदी विजयी भएका छन्।

उनले खसेको कुल मतभार ७ हजार ९ सय मतमध्ये ४ हजार २६ मतभार प्राप्त गरी विजयी भएका हुन्। उनले प्रदेशतर्फ २ हजार ६४ र स्थानीय तहतर्फ १ हजार ९६२ गरि ४ हजार २६ मतभार प्राप्त गरि विजयी भएका हुन्।

यस्तै, नेपाली कांग्रेसबाट उम्मेदवार बनेको माधवप्रसाद आचार्यले ३ हजार ७२० मत प्राप्त गरेका थिए। उनले प्रदेशतर्फ १ हजार ७७६ र स्थानीय तहतर्फ १ हजार ९४४ जम्मा ३ हजार ७२० मत प्राप्त गरेको निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए।

यस्तै, नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर रायले १ सय ९२ मतभार प्राप्त गरेका थिए। यस्तै प्रदेशसभातर्फ १ सय ४४ मतभार बदर भएको थियो।

निर्वाचनमा प्रदेशसभातर्फ ८७ जना र स्थानीय तहका प्रमुख ÷ उपप्रमुख २ सय १७ जनाले मतदान गरेका थिए, भने प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख गरि ३०५ जना मतदाता रहेको थिए। एमालेका राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि बुधबार उपनिर्वाचन भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.