माओवादीले नजितेका ठाउँमा छैन रौनकता
माओवादीले नजितेका ठाउँमा छैन रौनकता
सुर्खेत : २८ औँ जनयुद्ध दिवस मनाइरहँदा अहिले माओवादी आन्दोलन कहाँ पुग्यो होला? अर्थात् माओवादी आन्दोलनले स्थापित गरेका एजेण्डाहरु अहिले कति ज्यूँदा छन् कति चुपचाप रहेका छन्।
हरेक दिवस मनाउँदा यी विषय समीक्षा बन्ने गर्दछन्। हुँदैन बिहान मिर्मिरे तारा झरेर नगए , बन्दैन मुलुक दुई चार सपुत मरेर नगए कवि भूपि शेरचनले भनेझैँ जनयुद्धमा मृत्युवरण गरेकाहरुले जनयुद्धलाई एक स्वामिण युगका रुपमा लिइरहेका छन्।
माओवादीका तत्कालिन प्रमुख कमाण्डर अहिले सरकारको नेतृत्व गरेका व्यक्ति अर्थात प्रचण्ड सरकारले बिदा नै दिएर जनयुद्ध दिवस मनाउने निर्णय गरेसँगै कर्णाली प्रदेश सरकारले पनि जनयुद्ध दिवसको बिदा दिएर बिबिध कार्यक्रम गर्न लागिरहेको छ।
हजार माइल लामो बाटो एक पाइलाबाट सुरु हुन्छ भनेझैँ माओवादीले फागुन १ बाट सुरु गरेको जनयुद्धले भारी एजेण्डाहरु पास गर्दै देश उसैको मुद्धामा हिडिरहेको छ। २८ औँ जनयुद्ध दिवसको मूल नारा ः २८ औँ जनयुद्ध दिवस भव्यताका साथ मनाऔँ , समाजवाद उन्मुख संमृद्धको बाटोमा अघि बढौँ भन्ने राखिएको छ।
फागुन २ देखि ७ सम्मा जनयुद्धको उपलब्धिका विषयमा विद्यालय स्तर तथा यूवाहरुको बीचमा विभिन्न कार्यक्रमसमेत हुने बताएको छ।
१४ देखि २१ फागुनसम्म सहिद परिवारसँग भेटघाटदेखि अन्य विभिन्न कार्यक्रमसमेत राखिएको छ। गणतन्त्र र नयाँ जनवादीसत्ता स्थापनाको लक्ष्यसहित प्रचण्ड नेतृत्वको तत्कालीन माओवादीले २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेर ९० प्रतिशत भूभाग कब्जा लिएर तत्कालीन सरकारलाई १० प्रतिशत भूभागमा सीमित गरेको माओवादीले शान्ति काल भने सुखद रहेनन्।
रोल्पाको होलेरी, रुकुमको आठबीसकोट, सिन्धुलीको सिन्धुलीगढीमा रहेका चौकीहरू र गोरखाको च्याङ्लीमा रहेको कृषि विकास बैंक कब्जा गरी माओवादीले जनयुद्धको सुरु भएको घोषणा गरेको इतिहास भेटिन्छ।
नेकपा माओवादीका तत्कालीन महामन्त्री प्रचण्डले प्रेस वक्तव्यमार्फत् जनयुद्ध सुरु भएको घोषणासहित गरिएका फौजी कारबाहीहरूको जिम्मेवारी लिएका थिए।
जनयुद्धलाई सघाएको आरोपमा प्रहरीले गोरखाका १४ वर्षीय दिलबहादुर रम्तेललाई गोली हानी हत्या गरेको थियो। उनै रम्तेललाई जनयुद्धको पहिलो सहिदको सम्मान दिने गरिएको छ। जाजरकोटमा नलगाड नदीमा मानहादुर रावल र मानबहादुर ओलीलाई पनि सोही दिन तत्कालिन सरकारले मारेपनि सूचनाको अभावमा पहिलो सहिद हुनबाट पछि परेको माओवादी वृत्तमा चर्चा छ।
त्यस्तै फागुन १५ गते प्रहरीले रुकुमको पिपलमा ६ जना खत्री बन्धुहरुको सामूहिक हत्या गरेको थियो। तत्कालीन राजा ज्ञानेन्द्र शाहले मुलुकमा जारी द्वन्द्वलाई देखाएर सत्ता हातमा लिएपछि माओवादी र प्रमुख सात राजनीतिक दलहरुबीच १२ बुँदे सहमति भएको थियो। सोही सहमतिअनुसार २०६२ चैत २४ गतेदेखि २०६३ वैशाख ११ सम्म चलेको १९ दिने जनआन्दोलनले संसद पुनःस्थापना गरेको थियो।
यहीबीचमा २०६३ मंसिर ५ गते माओवादी युद्ध अन्त्य गर्दै शान्ति प्रक्रियामा आएको थियो। विस्तृत शान्ति सम्झौतामा राष्ट्राध्यक्षको समेत कार्यभार सम्हालेका तत्कालीन प्रधानमन्त्री एवम् कांग्रेस सभापति गिरिजा प्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेका थिए।
पुनःस्थापित संसदले २०६५ जेठ १५ गते नेपालमा राजतन्त्र अन्त्य गरी गणतन्त्र स्थापना गरेको थियो। १० वर्षसम्म चलेको जनयुद्धमा सरकार र माओवादी दुवैतर्फबाट १७ हजार जनाको मृत्यु भएको थियो भने कयौं बेपत्ता र अंगभंग भएका छन्। जनयुद्धको क्रममा माओवादीले आफ्नै सेना निर्माण गरेको थियो।
माओवादीले आफूहरुसँग ३२ हजार सेना जन्माएको थियो। यद्यपि सेना समायोजनको क्रममा संयुक्त राष्ट्रसंघीय मिसन अनमिनले १९ हजार ६०२ जना जनसेना प्रमाणीकरण गर्यो।
तीमध्ये समायोजनको क्रममा दिइएको विकल्पअनुसार १५ हजार ६३० जनाले स्वेच्छिक अवकाश रोजेर घर फर्किए। प्रमाणीकरणको क्रममा झण्डै चार हजार जना अयोग्य ठहरिए। १ हजार ४ सय २१ जना जना भने नेपाली सेनाका बिभिन्न पदमा समायोजन भए।
अहिले समयको धेरै समय पछि माओवादी फेरी सरकारमा पुग्यो। माओवादीले उठाएका एजेण्डा र अंगिकार गरेका कामहरु प्रति माओवादीबाट अलग्एिका केही अन्य माओवादीहरु औला उठाइरहेका छन्। सरकार देखि सडक सम्मा बिभिन्न नाम दिइएको माओवादीहरु नै रहेका छन्। आधार इलाका भुल्दै गएको आरोप समेत माओवादीलाई लाग्दै आएको छ।
जाजरकोट , रुकुम ,रोल्पा लगाएत कर्णालीका अधिकांश ठाउँमा आज माओवादीले ठुला ठुला कार्यक्रम राखेको छ तर केन्द्रीय स्तरका नेता बेगर। चुनाव जितेर काठमाडौँ गएदेखि केन्द्रीय नेता आधार इलाका फर्केका छैनन्। सुर्खेतको पार्टी कार्यालय ,जाजरकोटको रिम्ना , दल्ली र जुनि बस्तीमा व्यापक कार्यक्रम हुँदै छन्।
रुकुममा समेत बिभिन्न पालिकामा कार्यक्रम भइरहेका छन्। संघीय सरकारले नै जनयुद्ध दिवसको विदा दिएपछि स्थानीय तहले समेत आफूखुसी बिदा दिएर जनयुद्ध दिवस मनाइरहेका छन्। तर माओवादीले नजितेको ठाउँमा जनयुद्ध दिवसको कुनै रौनकता नहुने देखिएको छ।
कर्णालीमा विसं २०७४ मा २६ पालिकामा जितेको माओवादीले अहिले तीन पालिकामा प्रभाव गुमाएर २३ स्थानमै चित्त बुझाउनु परेको छ। उक्त दलले रूकुम पश्चिमका चार, सुर्खेतका एक, दैलेखका दुई, जाजरकोटका एक, हुम्लाका तीन, कालिकोटका पाँच, जुम्लाका दुई, मुगुका एक, डोल्पाका दुई र सल्यानका दुई पालिकाको नेतृत्व लिएको हो।
विसं २०७४ को निर्वाचनमा एउटा पनि पालिका नजितेको माओवादीले यसपटक दैलेखमा दुई र सुर्खेतमा एक पालिकामा विजय हासिल गरेको छ। उक्त दलबाट पाँच प्रमुख, १८ अध्यक्ष, पाँच उपप्रमुख, २०उपाध्यक्ष, २२३ वडाध्यक्ष, २१५ महिला सदस्य, २२२ दलित महिला सदस्य, ४१५ वडासदस्य गरी कूल एक हजार १२३ उम्मेदवार निर्वाचित भएका छन्। तीन दिन अघि सकुलर गरेर कार्यक्रम गर्न निर्देशन दिएको प्रदेश इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।