|

काठमाडौं : महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी रविन विष्टलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरी तानिएको छ। 

नयाँ बसपार्क क्षेत्रमा सोमबार भएको आन्दोलन नियन्त्रणमा लिन नसकेको भन्दै डीएसपी विष्टलाई रानीपोखरी तानिएको हो। विष्टको ठाउँमा डीएसपी मनोजित कुँवरलाई पठाइएको छ।

आन्दोलनका क्रममा यातायात मजदुरहरूले बा २ झ १४४ र बा १ झ ७२२४ नम्बरका दुईवटा प्रहरीका भ्यान जलाउँदै ल्होत्से मललगायतका व्यापारिका भवनमा लुटपाटसमेत गरेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.