|

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिकपछि लगातार रुपमा नेप्से परिसूचकमा गिरावट आएको छ।

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिकपछि भएको ४ कारोबारमा नेप्से परिसूचक ११२.२२ अंक घटेको छ। साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २१.१५ अंक घटेर २०७०.४१ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.७० अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.४९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३७ अंकले घटेको छ।

बिहीबार कारोबारमा आएका २६५ कम्पनीको ४७ लाख ४७ हजार कित्ता सेयर १ अर्ब ६८ करोड ४९ लाख ४२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।

बुधबारको तुलनामा बिहीबार नेप्से कारोबार रकम पनि गिरावट आएको छ। बुधबार १ अर्ब ७३ करोडको शेयर खरिदबिक्री भएको थियो।

बिहीवार नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.९३ प्रतिशत घटेको छ। त्यस्तै, होटल तथा पर्यटन, वित्त, विकास बैंक, जलविद्युत, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।

बिहीवार नेप्से परिसूचकमा गिरावट आएपनि सानिमा लार्ज क्याप फण्डको इकाईमूल्य ७.६५ प्रतिशत बढेको छ। त्यस्तै,राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको शेयरमूल्य ५.२३ प्रतिशत बढेको छ। तर यता, युनिलिभर नेपालको शेयरमूल्य ५.९१ प्रतिशत घटेको छ। बिहीवारको कारोबारमा हिमालयन डिस्टिलरी कम्पनीको ५ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.