|

काठमाडौं : नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले राष्ट्रपतिमा आफ्नो पार्टीको दाबी रहेको बताएका छन्। 

बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद ज्वालाले राष्ट्रपतिका लागि एकीकृत समाजवादी पार्टीको दाबी रहेको बताएका हुन्।

उनले राष्ट्रपतिका लागि पार्टी अध्यक्ष माधवकुमार नेपाल योग्य भएको जिकिर गरे। उनले नेपालले संविधान निर्माणमा खेलेको भूमिका, देशको निम्ति गरेको योगदानका कारण उनको चर्चा हुनु स्वाभाविक भएको बताए।

उनले भने‚ ‘हाम्रो पार्टीका अध्यक्ष वा हाम्रो पार्टीका नेता राष्ट्रपतिका निम्ति योग्य हुनुहुन्छ। पटक–पटक प्रधानमन्त्री भएर अनुभव गरेका व्यक्तिहरू, संविधान निर्माणमा भूमिका खेलेका व्यक्तिहरू र लामो राजनीतिक इतिहास भएकाहरू, राष्ट्रका निम्ति धेरै योगदान गरेका व्यक्तिहरू हुनुहुन्छ। त्यसैले उहाँहरूको चर्चा हुनु स्वाभाविक हो र त्यसमा हाम्रो दाबी रहने कुरा पनि स्वाभाविक हो। त्यसैले जुन हैसियत हाम्रो नेताहरूको छ, त्यो हैसियतअनुसार र अहिले पछिल्लो समयमा राष्ट्रिय सहमतिका साथ राष्ट्रपतिको निर्वाचन गरौँ भन्ने विषय छलफलमा छ, त्यस हिसाबले राष्ट्रिय सहमति जुट्न सक्ने उपयुक्त दल वा उपयुक्त पात्र पनि हाम्रो पार्टीकै नेता हुन सक्छन् भन्ने हिसाबले यसमा हामी पनि ओपन नै छौँ।’

उनले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनका लागि उपयुक्त दल आफूहरू भएको र उपयुक्त पात्र पनि अध्यक्ष माधवकुमार नेपाल भएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.