|
फाइल तस्वीर

विराटनगर : प्रदेश १ को नाम ‘कोशी’ प्रदेशसभाबाट बहुमतले पारित भएको छ। प्रदेशसभाको दुई तिहाइभन्दा बढी मतले प्रदेशको नाम कोशी पारित गरिएको  हो।

प्रदेशसभामा भएको मतदानमा दुई तिहाइभन्दा बढी मतबाट कोशी प्रदेशको प्रस्ताव पारित भएको सभामुख बाबुराम गौतमले घोषणा गरेका हुन्। 

कोशी प्रदेशको प्रस्तावमा ८२ मत परेको थियो। विपक्षमा ४ मत खसेको छ। मतदानमा ८६ जना सांसद सहभागी थिए।

प्रदेशको नाम कोशी राख्नका लागि नेकपा एमालेका सांसद रामबहादुर मगरले प्रस्ताव पेश गरेका थिए। नाममा एमाले सांसदद्वय विदुर लिंथेप र निरन राईले समर्थन गरेका थिए।

कोशी प्रदेशको पक्षमा नेकपा एमालेसहित नेपाली कांग्रेस, नेकपा माओवादी र राप्रपाका सांसदले मतदान गरेका थिए।

यसअघि नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्रकुमार राईले प्रस्ताव गरेको किराँत–लिम्बूवान–सगरमाथा प्रदेश बहुमतले अस्वीकृत भएको थियो।

मतदानमा प्रदेशकी स्वास्थ्यमन्त्रीसमेत रहेकी जसपा सांसद निर्मला लिम्बू र राप्रपाकी सांसद सविना बजगाई मतदानमा सहभागी हुन पाएनन्। उनीहरू ढिला उपस्थित भएका थिए। प्रदेशसभामा अन्य ४ जना सांसद अनुपस्थित थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.