बिरामी बढ्दा मेसिनको माग पनि बढ्यो

|

काठमाडौं : देशभर ​३७ वटा स्वास्थ्य संस्थाले सरकारसँग डायलासिस मेसिन मागिरहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाका अनुसार साना ठूला ३७ वटा स्वास्थ्य संस्थाले २५४ वटा डायलासिस मेसिन माग गरेका हुन्।

अहिले छ जम्मा २० वटा डायलासिस मेसिन

व्यवस्थापन महाशाखामा आएको मागको निवेदन हेर्दा हाल झापाको अर्जुनधारा नगर अस्पतालदेखि कैलालीको टीकापुर अस्पतालसम्मले  मिर्गौला डायलासिस मेसिन मागिरहेका छन् भने काठमाडौंका ठूला अस्पताल वीरदेखि सिभिलसम्म मिर्गौला मेसिनको पर्खाइमा छन्। तर हाल विभागसँग २० वटा मात्रै मेसिन छ। केही दिनअघि भारत सरकारले २० थान डायलासिस मेसिन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको थियो। तिनै मेसिन अहिले विभागको भण्डार कक्षमा रहेको हो।

भारत सरकारले हालै २०० सय थान मिर्गौला डायलासिस मेसिन उपलब्ध गराउने घोषणा गरेको थियो त्यहीमध्ये १८० आइपुगेको छैन।

व्यवस्थापन महाशाखा निर्देशक डा.सर्वेश शर्माका पछिल्लो समयम ठूला अस्पतालदेखि स्थानीय तहसम्मले डायलासिस मेसिन मागिरहेको बताए। ‘अहिले २५४ वटा मेसिनको माग छ। तर हामीसँग जम्मा २० वटा छ’, डा शर्माले भने, ‘भारत सरकारले दिने भनेको १८० वटा आइपुगेको छैन। ती मेसिन आइपुगे भने अहिले माग भएका जतिलाई लगभग दिन पुग्छ।

महाशाखाको विवरण हेर्दा हाल वीर अस्पतालमा २० वटा, भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा ३० वटा, काठमाडौंकै निजामती सेवा अस्पतालमा १४ थान मिर्गौला डायलासिस मेसिन आवश्यक छ। तर उनीहरूले एउटा पनि मेसिन पाएका छैनन्।

धुलिखेल अस्पतालले १० थान मिर्गौला डायलासिस मेसिन मागे पनि एक थान पाउन सकेको छैन। १२ थान मिर्गौला डायलासिस मेसिन आवश्यकता परेकोमा सेती प्रादेशिक अस्पतालले चार थान मात्रै लगेको छ।

कैलालीको टीकापुर अस्पताललाई १० थान मिर्गौला डायलाइसिस मेसिन चाहिएको छ। तर, उक्त अस्पतालले एउटा पनि पाएको छैन। झापाको अर्जुनधारा नगरपालिले पनि दुई थान मेसिन मागेको छ।

झापाको दमक अस्पतालले १० थान मिर्गौला डायलाइसिस मेसिन मागेको छ। यता मोरङ कोशी अस्पतालले ४ थान मेसिन मागेकोमा ६ थान लगेको छ कोशी अस्पताले मागेको भन्दा दुई थान मेसिन धेरै लगेको छ।  

सिराहा अस्पतालले पाँच थान, नयन हेल्थ नेपाल अछामले एक थान, खैरहनी अस्पताल चितवनले तीन थान र बन्दीपुर अस्पताल तनहुँले १० थान मेसिन मागेका छन्। ती अस्पतालले स्वास्थ्य मन्त्रालयबाट अहिलेसम्म एउटा पनि डायलासिस मेसिन पाएका छैनन्। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनले मागेकाे चार नै थान मेसिन पाएको छ। तर, नजिकैको मुग्लिन अस्पतालले एउटा मिर्गौला डायलाइसिस मेसिन माग्दा पाएको छैन।

काठमाडौंको महेन्द्र नारायण निधि मेमोरियल अस्पतालले १० थान मिर्गौला डायलाइसिस मेसिन मागेको छ रुकुम पश्चिमले चार थान मेसिन माग्दा एउटा पनि पाएको छैन।

भेरी अस्पतालले नमागी ६ थान मिर्गौला डायलाइसिस मेसिन पाएको छ। लुम्बिनी प्रादेशिक अस्पतालले १० थान मिर्गौला डायलासिस मेसिन माग्दा एउटै पाएको छैन।  स्याङ्जाको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रले नमागी स्वास्थ्य मन्त्रालयबाट चार थान गोर्खा अस्पतालले माग्दै नमागी १ थान मिर्गौला डायलाइसिस मेसिन पाएको छ।

गुल्मीको रेसुंगा नगरपालिका पाँच थान, बर्दिया अस्पतालले दुई थान, पोखरा महानगरपालिकाले पाँच थान, स्याङजाले तीन थान र लमजुङ अस्पतालले चार थान  मिर्गौला डायलाइसिस मेसिन मागेका छन्। ती कुनै अस्पतालले अहिलेसम्म मेसिन पाउन सकेका छैनन्। गोर्खा अस्पतालले माग्दै नमागी एक थान मेसिन पाएको छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले पाँच थान मेसिन माग्दा १० थान पाएको छ। राप्ती प्रादेशिक अस्पतालले पनि पाँच थान मेसिन मागेकोमा आठ थान पाउन सफल भएको छ।

त्रिवि शिक्षण अस्पतालले १० थान र गोर्खा अस्पतालले माग्दै नमागी १ थान माग्दा ४ थान मेसिन पाएका छन्। नजिकै रहेको नेपाल प्रहरी अस्पताललाई भने नमागी चार थान गोर्खा अस्पतालले माग्दै नमागी एक थान मेसिन उपलब्ध गराइएको छ। शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दुई थान मेसिन माग्दा तीन थान र भरतपुर अस्पतालले एउटै नमागी पाँच थान पाएको देखिन्छ।

आवश्यकताको आधारमा भन्दा पनि पहुँचको भरमा

धेरै स्वास्थ्य संस्थाहरुले आवश्यकताको आधारमा भन्दा पनि पहुँचको आधारमा मेसिन लाने गरेको बताउँछन्, स्वास्थ्य सेवा विभागका एक कर्मचारी। ‘ ठूला र धेरै बिरामीको चाप हुने अस्पतालमा मेसिनको आवश्यकता स्वाभाविकै हो तर स्थानीय तह र अन्य केही स्वास्थ्य संस्थाले भने लगेर प्रयोग गर्ने जनशक्ति नभएको अवस्थामा पनि पहुँचको आधारमा मेसिन लैजाने गरेको पाइएको छ’, ती स्वास्थ्यकर्मीले भने।

बिरामी बढ्दा डायलासिस मेसिनको माग बढ्यो

व्यवस्थापन महाशाखाका निर्देशक डा. शर्माका अनुसार पछिल्लो समय मिर्गौलाका बिरामी बढेको हुँदा पनि डायलासिस मेसिनको माग धेरै भएको हो। ‘ अहिले मिर्गौलाका बिरामी बढ्दै गएका छन त्यो माथि पनि वैदेशिक रोजगारीबाट फर्किएकाहरूमा समस्या देखिएको, विदेशबाट आएका यस्ता धेरै बिरामी ग्रामीण भेगमा बस्ने भएकाले पनि अहिले प्रदेश र स्थानी तहबाट पनि मेसिनको माग बढेको हो’, डा. शर्माले भने।

अनुदान होस् वा खरिदबाट उपलब्ध भएको मेसिन आवश्यकताको हिसाबले वितरण गरेको दाबी उनले गरे। ‘ कतिपय स्वास्थ्य संस्थाले स्वास्थ्यकर्मी नहुँदा पनि मेसिन माग्ने र लगेर प्रयोग नगरी राख्ने गरेको समेत पाइएको छ यस्तो नहोस् भनेर हामीले बिरामीको चाप हुने र प्रयोग हुने स्थानमा प्राथामिकतामा राखेर मेसिन दिएका छौँ’, अन्य स्थानमा स्वास्थ्यकर्मीको अवस्था हेरेर मेसिन वितरण हुन्छ’, डा शर्माले भने।

नेपालमा मिर्गौला रोगपीडित कति छन् भन्ने यकिन तथ्यांक नभए पनि  करिब ३० लाख मानिसमा मिर्गौलासम्बन्धी कुनै न कुनै समस्यामा रहेको अनुमान छ। ३० लाखमध्ये तीन लाख मानिसलाई मिर्गौलाको गम्भीर खालको समस्या छ भने करिब ३० हजारको मिर्गौला पूरै बिग्रिएको छ। त्यसमध्ये तीन हजारको प्रत्यारोपण गर्नुपर्ने अथवा नियमित डायलासिस गर्नुपर्ने अवस्था​ छ।

नेपालमा भने कुल जनसंख्याको १० प्रतिशत व्यक्तिमा कुनै न कुनै किसिमको मिर्गौला रोग रहेको बताइएको छ। नेपालमा सरकारले डायलासिस गर्नुपर्ने मिर्गौला रोगीलाई नि:शुल्क गर्ने व्यवस्था गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.