|

इलाम : ‘सबैकुरा फुटबलले दिएको हो। तर पसर्नली हेर्ने हो भने लास्टमा गएर इकोनोमिक प्रब्लम हुने हो। फुटबलमै आएपछि फुटबलमा केही गर्ने भन्ने हुन्छ तर मेरो सेकेन्ड अप्सन बाहिर नै हो।

फुटबलमै राम्रो भएको भए सायद यहि बसिन्थ्यो।’ यो भनाई नेपाली महिला फुटबल टिमको कप्तान एवम गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको हो।

विभागीय टोली एपिएफ क्लबमा आवद्ध एन्जिला नेपाली फुटबलमा भविष्य देखिदिनन्। विभागको जागिरे भए पनि एन्जिला सन्यासपछि विदेशमै बस्न चाहन्छिन्।

विगत ७ वर्ष नेपाली स्क्वार्डमा रहेकी कप्तान सन्यासबाट केही कदम मात्र पछि छन्।  एन्जिलाको जस्तै सोच अहिले नेपाली महिला तथा पुरुष फुटबलरहरुको हो। राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरेको केही खेलाडीहरुले भबिष्य सोचेर पलायन रोजि सके।  नेपाली फुटबलर अहिले पूर्व राष्ट्रिय खेलाडी सुरेन्द्र तामाङले भने जस्तै ‘हात खुट्टा चलुन्जेल हाईहाई त्यपछि कोही न कोही’ यही अवस्थाबाट गुज्रिएका छन्। धेरै खेलाडी रिटायर्डको उमेरभन्दा अगाडि नै सुखद भविष्य खोज्न विदेशिन्छन्। कति खेलाडीहरु रहरले विदेशिए भने कतिलाई विदेशिन बाध्य पारिएको छ।  

अहिले कति खेलाडी पलायन भए भन्ने डाटा नेपाली फुटबल नियामक निकाय एन्फासँग माग्ने हो भने यकिन डाटा पाउन सकिन्न।

एन्फाका पदाधिकारीपछि फरक फरक तथ्यांक छन्। कति खेलाडी पलायन भए त? एन्फाका केन्द्रिय सदस्य रुपेश अधिकारी भन्छन् ‘ ७–८ महिनाको अवधिमा मेरो तथ्यांकमा ४३ जना। सन् २०१९ यताको भन्ने हो भने ६० जना। ७÷८ जना माल्टा र दुवई बाँकी अष्ट्रेलिया।’

रूपेशसंगको तथ्यांक राष्ट्रिय टोली र ए डिभिजन लिगमा नाम चलेका खेलाडीहरुको हो। ए डिभिजनकै कतिपय तथा बी र सी डिभिजनका धेरै खेलाडीको पलायन बारेमा उनी पनि जानकार छैनन्। महिला फुटबलरहरु त सुटुक्क फुटबल छाडेर गएका छन् जस बारेमा खेलकुदसँग जोडिएका संघसंस्थाहरु नै बेखबर छन्।

रुपेशको भनाईलाई आधार मान्ने हो भने नेपाली सिनियर राष्ट्रिय फुटबल टोली प्रयोगशाला हो। अहिले जारी सहिद स्मारक लिगमा राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरेका खेलाडीहरु शिला खोजे जस्तै खोज्नुपर्छ। ए डिभिजन लिग राष्ट्रिय टोली छनौटको आधार हो। तर राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरेका खेलाडीहरु नै अहिले लिगको बिचमा पलायन भइरहेका छन्।

राष्ट्रिय टोलीका पूर्वमिडफिल्डर एवम खेलाडी संघका अध्यक्ष विक्रम लामाले भने जस्तै नेपाली राष्ट्रिय टोली प्रयोगशाला बन्ने खतरा छ। विक्रमले गत साउनमा भनेका थिए ‘कुनै पनि देशको राष्ट्रिय टिम भनेको प्रयोगशाला पक्कै  होइन। जहाँ मनलागि प्रयोग गरेर परीक्षण गरिन्छ। राष्ट्रिय टिम एउटा नतिजाको लागि खेलिने अन्तिम बिन्दु हो। त्यहाँ नतिजा बाहेक अन्य विकल्प हुँदैन।’ तर विक्रमको भनाइसंग नेपाली फुटबलको सम्बन्ध एन्टि क्लकवाइज छ।

खेलाडी पलायनको एउटा ज्वलन्त उदाहरण सुनिल बल हुन्। राष्ट्रिय टोलीबाट ३० क्याप जितेका सुनिल ५ वर्षको सिनियर करियरलाई बिट मारेर सुखद भविष्यका लागि साथीहरुकै पदचाप पछयाएर अष्ट्रेलिया उडे। विगत २ बर्ष भित्र राष्ट्रिय टोलीमा रहेका ५–७ जना बाहेकका खेलाडी अहिले लिगमा देखिएका छैनन्।

रेजिन सुब्बा, जगजित श्रेष्ठलगायत केही खेलाडीहरु लिगका लागि भनेर नेपाल फर्किएका छन्। तर उनीहरु प्रतिनिधित्व राष्ट्रिय टोलीबाट हुनेछैन्। ‘ नरेश जोशी, प्रलय राजभण्डारी, वसन्त गौचनहरु पलायन पछि जगजित श्रेष्ठ, एलन न्यौपाने, हेमन गुरुङहरु पलायन भए।  विगत ४÷५ बर्षमा सबैभन्दा विकराल छ खेलाडी पलायनको स्थितिलाई कसले रोक्ने यकिन छैन्।’ अधिकारी भन्छन् ‘ डाक्टर, इन्जिनियरलगायत पनि पलायन भइरहेका छन् तर खेलाडी पलायनको अवस्था अलिक फरक छ।

यस विषयमा खेलकुद सम्बद्ध निकाय एन्फा, राखेप, खेलकुद मन्त्रालय गम्भिर छैनन्। खेलाडी पलायन कसरी रोक्ने भन्ने बारेमा एउटा पनि समिक्षा र अन्तरक्रिया भएको सुन्नुभएको छ ?’ अधिकारी प्रश्न गर्छन्।

‘जाने गइरहेका छन् आउने आइरहेका छन् कसैलाई मतलब छैन्। केन्द्रिय सदस्य भएको हिसाबले नैतिक जिम्मेवारी मैले पनि लिनुपर्छ तर कम्तीमा खेलाडी संघसंग यस समस्या समाधानका लागि छलफल त गर्न सकिन्छ नी। हेभ ए सेफ जोर्नी गाइज भन्ने बाहेक केही सकिने अवस्था छैन्।’ एन्फा भित्र राजनीतिक खिचातानी र अस्थिर प्रतियोगिता खेलाडी पलायनको मुख्य कारक हो।

एन्फाले नियमित रुपमा घरेलु प्रतियोगिता संचालन गर्न नसक्दा खेलाडीहरु निराश भएर सुखद भविष्यको खोजीमा पलायन भइरहेका हुन्। यस बर्ष एन्फाले समयमा लिग नगर्दा मोफसलका प्रतियोगिताहरु प्रभावित भए। लिग खेलेर मात्र खेलाडीहरुले जिवन धान्न नसक्ने अवस्था छ।

महिला फुटबलमा प्रतियोगिता सम्पन्न नभई बिजेता घोषणा गरिएको छ।  अखिल नेपाल फुटबल संघ (एन्फा) ले बैठकबाटै नेपाल एपिएफ फुटबल क्लबलाई राष्ट्रिय महिला लिग २०७८ को विजेता घोषित गरेको छ। यदपी दोश्रो चरणमा खेल आयोजना नै भएको थिएन्।

दुई चरणमा गर्ने भनिएको लिगको पहिलो चरण चितवनमा सम्पन्न भएको थियो। अर्को चरण विराटनगरमा आयोजना गर्ने भनिएपनि आयोजना हुन सकेको थिए। पंकज नेम्वाङ नेतृत्वको अल्पमतको बैठकको निर्णय नै कार्यान्वयनमा शंका छ। एन्फा पदाधिकारीको साँढेजुधाईले खेलाडीहरु मारमा छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.