|

काठमाडौं : सुकुमवासीहरूले पक्राउ परेका आफ्ना नेताको निःशर्त रिहाइ र स्थायी विकल्पबिना सुकुमवासी बस्ती नहटाउन माग गरी आज काठमाडौँमा प्रदर्शन गरेका छन्।

केही समयअघि सुकुमवासी बस्तीमा भएको झडपमा घरेलु हतियारले काठमाडौँ महानगरका प्रहरीमाथि आक्रमण गर्ने ६ जनाविरुद्ध महानगरले किटानी जाहेरी दिएपछि उनीहरू पक्राउ परेका थिए।​

सुकुमवासी बस्तीमा भएको उक्त झडपमा नगरप्रहरीलाई आक्रमण गर्ने दुईजनालाई गत बिहीबार प्रहरीले पक्राउ गरेको थियो। ६ जनामध्ये फागुन १८ गते बिहीवार प्रहरीले नारायण परिश्रमी सहित दुईजनालाई पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेको छ।

केही तस्वीर :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.