|

काठमाडौं : नेपाली कांग्रेसले वैशाख १० मा हुने उपनिर्वाचन चितवन–२ सहितका स्थानमा उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ। 

बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए। 

‘उम्मेदवारीका लागि पार्टी विधानको क, ख ग र घ बमोजिम प्रस्ताव र सिफारिस गर्न पार्टीका सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय भएको छ,’ उनले भने।  

रवि लामिछानेको खारेज भएको पद चितवन २ र  रामचन्द् पौडेल राष्ट्रपति भएपछि उनको स्थान तनहुँमा वैशाख १० गते उपनिर्वाचन हुँदै छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.