|

काठमाडौं : रासायनिक मलमा दिँदै आएको अनुदान कायम राख्न राप्रपा समर्थित राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले प्रदर्शन गरेको छ। आज माइतीघर मण्डलामा विभिन्न नारासहित प्रदर्शन गरेको हो।

प्रदर्शनमा सरकारद्वारा गरिएको किसानमारा निर्णयले कृषि प्रधान देसको कृषि विकासमा अवरोध पुग्ने उनीहरूको आरोप छ। प्रदर्शनमा उनीहरूले सरकार विरोधी नारा लगाउनुका साथै तत्काल निर्णय फिर्ता लिई समय मै किसानलाई मल बीउ उपलब्ध गराउन सरकार समक्ष माग राखेका छन्।

यही फागुन २६ गतेको कृषि तथा पशुपन्छी मन्त्रालयको विभागीय मन्त्रीस्तरिय बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेपछि उनीहरू विरोधमा उत्रिएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.