हितकारी र गुणकारी विकिरणले फाइदै फाइदा

|

काठमाडौं : ललितपुरको जाउलाखेलमा रहेको लेजर थेरापी क्लिनिक स्थापना भएको २१ वर्ष भयो। यतिलामो समय सम्ममा झण्डै ३०-३५ हजार बिरामीले क्लिनिकबाट स्वास्थ्य उपचार सेवा लिए पनि लेजर थेरापीबाट उपचार गराउने देशभरीमा यस्तै अर्को  कुनै क्लिनिक छैन, यही क्लिनिकको पनि अन्त कतै आफ्नो अर्को शाखा छैन।

त्यसैले लेजर थेरापी विधिबाट उपचार गराउने देशभरिमा एक मात्र स्वास्थ्य संस्था हो लेजर थेरापी क्लिनिक जाउलाखेल।

के हो? लेजर थेरापी

लेजर विकिरणको माध्यमबाट मेसिनको सहायताले गर्ने उपचार विधि हो। लेजर मेसिनबाट लेजर विकिरण नानोमिटरमा निस्किन्छ। लेजरको विकिरणलाई आँखाले देख्न सक्दैनौँ। यो विकिरणबाट निस्केको तातो अथवा चिसो महसुस पनि गर्न सक्दैनौँ।

रोगअनुसार यो विकिरणको मात्रा निर्धारण गरिन्छ। शरीरको रोग र अङ्गअनुसार विकिरणको मात्रा प्रवाह गर्नुपर्ने भएकाले यस्तो उपचार दक्ष चिकित्सकले मात्र गराउन सक्छन्। मेसिनको प्रयोग गरिने भएकाले यस्तो मेसिन चलाउन पनि दक्ष चिकित्सकको नै आवश्‍कता पर्दछ।

लेजरको विकिरण मानव स्वास्थ्यका लागि हानिरहित छ, कुनै किसिमको साइड इफेक्ट नगर्ने भएको हुनाले नै विश्वका विकसित देशहरूमा यसको लोकप्रियता बढ्दो क्रममा छ।

लेजर थेरापीको : इतिहास  

लेजर थेरापी उपचार पद्धति विश्वमा प्रयोगमा आएको ५० वर्षभन्दा बढी भैसक्यो। संसारका विकसित देशहरूमा यो उपचार पद्धतिको लोकप्रियता बढ्दो भएपनि नेपालमा हालसम्म सरकारी स्तरमा लेजर थेरापी उपचार उपयोगविहीन जस्तै छ।

केही विकसित देशहरूबाहेक लेजर थेरापीको विशेषज्ञ अध्ययन अध्यापनको भरपर्दो व्‍यवस्था अझै हुन सकेको छैन।  सस्तो,सजिलो र छिटो उपचार दिन सकिने लेजर थेरापीको विस्तारमा विश्व स्वास्थ्य संगठनले आवश्‍यक निर्देशन, परामर्श र सचेतना विश्वलाई बाँडे पनि अल्पविकसित र अविकसित देशहरूमा यस्को खासै धेरै विस्तार नहुनु आफैँमा दु:खद पक्ष हो।

नेपालमा लेजर थेरापीको विशेषज्ञ चिकित्सकको नै अभाव छ। २२ वर्षअघि रसियामा अध्ययन सकेर फर्केकी स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशीला वैद्य त्यो बेलादेखि यो बेलासम्म लेजर थेरापीमा विशेषज्ञ अध्ययन गर्ने सायदै  नेपालमा एकमात्र अब्बल डाक्टर छिन्।

डा.वैद्यको अनुभवमा अध्ययन गर्ने ठाउँ हुन्थ्यो भने आजसम्म धेरैले विशेषज्ञता हासिल गरिसक्ने थिए। डा. सुशीला वैद्यले पनि केही फरक र नयाँ विषयमा विशेषज्ञ अध्ययन गरौँ भन्ने हुटहुटीले मात्रै लेजर थेरापीमा विशेषज्ञता हासिल गरेकी हुन्।

नेपालमा लेजर थेरापी पढाउने व्‍यवस्था नभएर पनि ठूलो समस्या परेको छ। डा. वैद्यले यसबारे सरकार र सरकारी निकाएका मानिसलाई नघचघच्याएको चाहिँ होइन तर आजसम्म सरकारी तवरमा उनको कुरालाई कतै सुनुवाइ नभएको नमिठो अनुभव सुनाउँछिन् डाक्कटर वैद्य।

नेपालमा एमबिबिएससम्म अध्ययन गराउँदासमेत कतै पनि लेजर थेरापीको बारेमा नपढाइँदैन। फिजिक्समा सामान्य जानकारी गराउनेबाहेक नेपालमा पढाइहुने स्वास्थ्य शिक्षामा कतै पनि लेजर थेरापी उपचार बारेमा कोर्स नराखेकै कारण आजसम्म धेरैलाई यो उपचार पद्दतिका बारेमा थाहा नै हुनसकेन। बिडम्बना  नेपालमा मेडिकल पढ्नेलाइमात्र होइन मेडिकल पढाउनेलाईसमेत थाहा छैन।

हितकारी र गुणकारी विकिरण

लेजर थेरापी मेसिनबाट निस्कने विकिरण त्यस्तो हितकारी विकिरण हो यसले मानव स्वास्थ्यका लागि कहिल्यै हानि गर्दैन। मानिसलाइ धरैजसो रोग लाग्ने भनेको शरीरका कोशिकाहरू सुकेर,सुन्नीयर अथवा अन्य कारणले बिग्रियर हो। 

लेजर विकिरणले त्यस्ता खराब भएका कोशिकाहरूलाई सुधार्ने काम गर्दछ भने स्वस्थ र बलिया कोशिकाहरूलाई निरोगी र सक्रिय राखिराख्न मद्दत गर्दछ।

लेजर विकिरणले रक्तनली सुन्निएको भएमा सुकाउँछ भने सुकेका, बन्दभएका रक्तनलीलाई खुलाउने काम गर्दछ। लेजर थेरापीले हाम्रो कोशिकालाई नै नवजीवन प्रदान गर्ने गर्दछ। लेजर थेरापी वैकल्पिक उपचार पद्दति हो भने यो उपचारलाइ पूरक उपचार विधिको रुपमा पनि लिइन्छ।

अन्य उपचार विधि अपनाएर निको नभएका, वैकल्पिक उपचारका पनि अन्य धेरैवटा उपचार विधि अपनाएरसमेत ठिक नभएका मानिसहरू लेजर थेरापीमा उपचार गराउन आउने गरेको अनुभव सुनाउँछिन् डाक्टर वैद्य। त्यसैले यो उपचार पद्दति विकल्पको पनि विकल्पको रुपमा रहेको छ।

चार सय किसिमका रोग निको हुन्छन्

गर्भवती,आँखाका बिरामी र जटिल प्रकारका क्यान्सर रोगबाहेक मान्छेलाई लाग्ने चारसय किसिमका रोगहरू लेजर थेरापी पद्दतिबाट निको पार्न सकिन्छ। लेजर थेरापी क्लिनिकमा उपचार गर्न आउने बिरामीहरू धेरैजसो ढाड तथा नसाका समस्या लियर आउने गर्दछन्।

ढाड दु:खेका, नसा च्यापिएका, बाथ, पिनास, टाउको दुख्ने, माइग्रेन, ग्यास्ट्रिक, पायल्स, सुगर, प्रेसरदेखि कपाल झर्ने समस्या भएकालाईसमेत लेजर थेरापी उपचार ज्यादै प्रभावकारी देखिएका छ।

छालाको बिभिन्न ठाँउमा पलाएका मासुका र्गीखा हटाउनेदेखि छालामा आएको एलर्जी, दुबि, कोठी पनि लेजर थेरापीको विकिरणले हटाउन सकिन्छ। लेजर थेरापीले उपचार मात्र गर्दैन यो दुखाइरहित उपचार पनि हो। यसले शरीरमा तुरुन्तै आराम ल्याउने भएकोले दुखाइरहित निद्रा र अनुहारमा हाँसो फर्काउन लेजर थेरापी आवश्‍यक छ।

खेलाडी, सुरक्षाकर्मी ट्रेकिङ जाने मानिसहरू,लामो समयसम्म कम्प्युटरमा काम गर्ने पेसागत क्षेत्रका मानिसहरूलाई लाभदायक देखिएको लेजर थेरापीको उपचारले सबैभन्दा प्रभावकारी देखिएको प्यारालाइसिसका बिरामीलाई हो।

पारालाइसिसका बिरामीलाई शारीरिक पुनःस्थापना गर्नका लागि त यो उपचार विधि वरदानै सावित भएको छ। पारालाइसिस जस्तै निक्कै उपयोगी भएको छ नाकभित्र पलाएको मासुलाइ बिना अपरेसन सुकाउन। अचेल धेरैलाई नाकमा मासु पलाउने समस्याले गाँजिरहेको छ तर अपरेशन नगरी नाकको मासु हटाउन सकिन्छ भन्ने थाहा नै नहुँदा समस्या पालेर बस्ने धेरैजना छन्। केही दिनको लेजर थेरापी कोर्सले उक्त समस्या सदाका निम्ति हटेर जान्छ।

मुटु, फोक्सो, दम, सुगर, प्रेसर, मिर्गौला, पिसाब थैलीमा मासु पलाएको, महिलाको पाठेघरमा भएको घाउ, डिम्बासयको समस्या,फिसर–फिस्टुलादेखि खुट्टाको नङमा हुने फङगार्ड रोगसमेत लेजर थेरापीबाट निको बनाउन सकिन्छ।

नङदेखि कपालसम्म र स–साना बालबच्चादेखि वृद्धवृद्धालाईसमेत उपचार गराउन सकिने यो पद्दति हाम्रोजस्तो स्वास्थ्यको पँहुच विस्तार गर्द नसकेको मुलुकको निम्ति स्वास्थ्य सेवा विकेन्द्रित गराउन  भरपर्दो विकल्प पनि हो।

रोगअनुसार : उपचारको कोर्स हुन्छ

रोगको प्रकृति र शरीरको अङ्गअनुसार लेजर थेरापी गराउनुपर्ने हुन्छ। सामान्यतया चार पाँचदिन, एकसाताको कोर्सदेखि केही महिनासम्मको उपचार समय पनि लाग्न सक्छ।

मानिसहरू लेजर थेरापीमा शरीरको व्‍यथा निकै पुरानो भएपछि आइपुग्ने गर्छन् जसकारण उपचारमा लामो समय लाग्दछ। यदि समयमा नै आइपुग्ने हो भने उपचारको प्रभावकारीता अझ बढ्ने थियो। समय र खर्चसमेत घट्ने थियो।

लेजर थेरापी क्लिनिक जाउलाखेलका वरिष्ठ लेजर थेरापी विशेषज्ञ डाक्टर सुशीला वैद्यका अनुसार यो उपचारमा चुनौती र अवसर दुवै छ। अवसर यस मानेमा कि शरीरको व्‍यथा निको नभएर निराश भएकाहरूलाई उपचारपछि आशावादी बनाउन सकिएको छ भने अन्त अरू उपचारले नभएका बिरामी अरू अब,  मेरो अन्तिम हो यहाँभन्दा बाहेक अन्त विकल्प छैन भन्दै आउने भएकाले जसरी पनि निको बनाउनुपर्ने चुनैतीसमेत थपिएको  छ।

आरामदायी छ उपचार

लेजर थेरापी उपचार डररहित छ। लेजर भन्नेबित्तिकै, मेसिन भन्नेबित्तिकै मानिसहरूलाई दुख्नेहोला अप्ठेरोहाला भन्ने  पर्दछ। यसले उपचार गर्दा दुख्ने, पोल्ने, घाउ हुनेलगायत कुनै किसिमको असजिलो नहुने भएकाले यो आरामदायी उपचार हो।

लेजर थेरापी उपचार पद्दतिमा बिरामीले अन्य समस्याले नियमित खाएकाबाहेक कुनै पनि औषधि प्रयोग गरिँदैन त्यसैले यो हानिरहित छ। लेजर थेरापीको कुनै साइड इफेक्ट नहुने भएकाले ढुक्कले यो उपचार विधि अपनाउन डा. वैद्यको सुझाव छ। खासमा रोगीलाई निरोगी बनाउन मात्र होइन, स्वस्थ र निरोगीलाई स्वस्थ र सक्रिय राख्नसमेत उपयोगी छ लेजर थेरापी।

अन्य उपचारको तुलनामा लेजर थेरापी सजिलो उपचार मात्रै होइन आर्थिक हिसाबले सस्तो पनि छ। विगत दुई दशकदेखि नेपालको पहिलो र हालसम्मको एकमात्र लेजर थेरापी क्लिनिक ललितपुरको जाउलाखेलमा रहेको छ।

प्रत्येकदिन बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म बिरामीको सेवामा रहने क्लिनिकमा उपचार गर्न आउनजान समस्या भएका बिरामीका लागि बस्ने सुविधासमेत भएकाले टाढा–टाढाबाट आउनेहरूका निम्ति पनि अनुकूल छ।

(स्त्री तथा क्यान्सर रोग विशेषज्ञ, लेजर थेरापी विशेषज्ञ डा. सुशीला वैद्यसँगको कुराकानीमा आधारित)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.