|

काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन मुखैमा आइपुग्दा विभिन्न क्याम्पसमा विद्यार्थी संगठनका नेताहरू विरोधमा उत्रिन थालेका छन्।

धारिलो हतियार आतंक नै मचाएपछि यही चैत ५ गते हुने स्ववियु निर्वाचन कार्यक्रम नै बिथोलिन थालेको छ। अहिले रत्नराज्य क्याम्पस, ल क्याम्पस, वाल्मीकि विद्यापीठ लगायतका क्याम्पसमा विद्यार्थी संगठनका नेताहरूले विरोध प्रदर्शन गर्न थालेपछि समस्या थपिएको छ। केही क्याम्पसमा त ताला लागेको छ।

राज्यले ठूलो संख्यामा अहिले सुरक्षाकर्मी परिचालन गर्न थालेको छ। अर्कातर्फ अध्ययनरत विद्यार्थीहरूमा असुरक्षा बढेको छ।

१४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयले यही ५ गते निर्वाचन तालिका तोके पनि सबै आंगिक क्याम्पसहरूमा विवादका कारण नहुने देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.