|

काठमाडौं : कलाकार रागिनी उपाध्यायले कोरेका चित्रको प्रदर्शनी सुरु भएको छ।

सिद्धार्थ आर्ट ग्यालरीले बबरमहलस्थित नेपाल कला परिषदमा रागिनीका चित्रकला  प्रदर्शनीमा राखेको हो।

४५ वर्षे कलाकारिता जीवनमा उनले कोरेका चित्रहरू प्रदर्शनीमा राखिएको छ।

सन् १९७८ मा लखनऊ कलेज अफ आर्टमा विद्यार्थी हुँदादेखि हालसम्म कोरेका उत्कृष्ट चित्रकला प्रदर्शनीमा राखिएको छ।

प्रदर्शनीमा करिब ४०० वटा चित्रकला रहेको आयोजकले बताएको छ। चित्रकलाको मूल्य न्यूनतम २२ हजारदेखि अधिकतम ६० लाख रुपैयाँसम्म  तोकिएको छ।

प्रदर्शनी बुधबार सुरु भएको हो।

प्रदर्शनीका केही तस्विर– 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.