|

जलेश्वर : जिल्लाको मूल भन्सार नाका जलेश्वर नगरपालिका–३ भिट्टामोडमा प्रहरीले स्रोत नखुलेको १० लाख भारतीय रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ।

जलेश्वर नगरपालिका–३ बस्ने २९ वर्षीय विमलेश पाण्डे पक्राउ बिहीबार परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। युवक पाण्डे भारतबाट ज ४ प ७०३४ नम्बरको मोटरसाइकलमा चढी पैसा बोकेर भारतबाट नेपाल आउँदै गर्दा शंका लागि जाँच गर्दा उनी स्रोत नखुलेको भारतीय रुपैयाँसहित पक्राउ परेका हुन्।

उनको साथबाट प्रहरीले नौ लाख ९८ हजार तीन सय भारतीय रुपैयाँ बरामद गरेको हो। उनलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयमा ल्याएर आवश्यक अनुसन्धान अगाडि बढाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.