|

काठमाडौं : सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। 

शुक्रबार छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढ्दै १ लाख ७ हजार एक सय रुपैयाँ पुगेको हो।  यसअघि गत फागुन १२ नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको थियो। सोही रेकर्डलाई तोड्दै शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको हो।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा चार सय रुपैयाँले नै बढ्दै १ लाख ६ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  

चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले मात्र बढेर १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.