|

काठमाडौं : हिजोआज अधिकांशले आफ्नो स्वास्थ्य र तौलको विशेष ख्याल राख्छन्। यसका लागि उनीहरूले आफ्नो खानपानमा विशेष सावधानी अपनाउने गर्छन्।

बढ्दो मोटोपनको समस्याबाट छुटकारा पाउन भन्दै धेरै मानिसले भात खाँदैनन् तर भातको साटो गहुँको रोटी खान्छन्। के तौल घटाउन भातको साटो रोटी खानु उपयुक्त हो त?

पोषणविद्हरूका अनुसार भात र रोटी दुवै आ-आफ्नो ठाउँमा फाइदाजनक हुन्छ। स्वास्थ्यको हिसाबले कुनै पनि कुरा छाड्नु राम्रो होइन। आफ्नो तौल घटाउने सोचमा हुनुहुन्छ भने तपाईले एउटा काम गर्न सक्नुहुन्छ। हप्तामा ४ दिन रोटी र २ दिन भात खान सकिन्छ। यसो गर्नाले त आहारमा विविधता कायम रहनेछ। तौल नियन्त्रण गर्ने व्यक्तिले दुवै कुरा खान पाउँछन्। रोटी र भातको पोषणको हिसाबले धेरै भिन्नता छ।

रोटीमा प्रोटिन र फाइबरको मात्रा धेरै हुन्छ। यसले हाम्रो शरीरमा अनावश्यक बोसो जम्न दिँदैन। भातमा कार्बोहाइड्रेड धेरै हुन्छ जसले हाम्री शरीरलाई शक्ति प्रदान गर्छ। भात खाँदा सकेसम्म ब्राउन राइस खानु राम्रो हुन्छ। सकेसम्म हप्तामा तीन दिन रोटी र तीन दिन भात खाएको राम्रो हुन्छ। यसले शरीरको तौल नियन्त्रण राख्न सहयोग गर्नुका साथै शरीरमा आवश्यक कुनै पनि पोषक तत्त्वको कमी हुन पाउँदैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.