|

काठमाडौं : १० दलीय गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। 

उपराष्ट्रपति निर्वाचन सकिएसँगै विश्वासको मत लिने तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साझेदार दलका शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन्। 

प्रधानमन्त्री प्रचण्डले आउँदो सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिन लागेका छन्।

उनले विश्वासको मत लिएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने बताउँदै आएका छन्। त्यसअघि भोलि आइतबारको संसद बैठकमा पेश हुन लागेको बेपत्ता छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकका विषयमा पनि साझेदार दलहरूबीच छलफल हुने बताइएको छ। 

संसद बैठकमा कांग्रेस अहिलेसम्म प्रमुख प्रतिपक्षी बेन्चमा बस्दै आएको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिएर बाहिरिसकेकाले एमालेले पनि प्रमुख प्रतिपक्षी बेन्चमा बस्ने बताएकाले समस्या हुने देखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.